राजपाको मुख्य एजेण्डा संविधान हो, नभए आन्दोलन गर्ने चेतावनी, सरकारमा सहभागी हुने कुरै नगरौँ राजेन्द्र महतो



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका  छन्  ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु महतोले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पारे  ।

अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै महतोले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरेका छन्  ।

नेता महतोले प्रदेश नं २ का जनताको आन्दोलन र मतबाट निर्माण भएको प्रदेश सरकारबाट राजपा अलग नहुने पनि प्रष्ट पारे  । महतोले आफ्नो पार्टीप्रति जनताको विश्वास रहेकाले जनताको भावनाविरुद्ध राजपाले कुनै पनि निर्णय नलिने उल्लेख गरे ।

पत्रकारको जिज्ञासामा नेता महतोले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसदमा  कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताए  ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...