पत्नी हराउने अन्तर्घातीलाई सिस्नोपानी लगाउछु भन्दै देउवाले उचाले दौराको फेर,यी २० भाई सेरिने भए



हाम्रो इकोनोमि

काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ ।

गत संसदीय निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी देउवा एमालेकी नारदमुनि रानासँग पराजित भएकी थिइन् । उनलाई हराउन भूमिका खेलेको भन्दै कैलाली क्षेत्र नम्बर ५ को कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० जनाको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ।

कारबाहीमा पर्नेमा पूर्वसांसद ओझासहित महासमिति सदस्य आनन्दराज जोशी, पार्टी जिल्ला सचिव पूर्ण कुँवर, धनगढी वडा नम्बर ५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा, निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय उपसभापति कुम्भराज गिरी, नेवि संघ सह–महामन्त्री प्रेम जोशी, धनगढी वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, वडा नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा नम्बरका वडा सदस्य शुभाष चन्द, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुषाल, वडा नम्बर १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा नम्बर १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्टको नाम छ ।

यसैगरी, क्रियाशील सदस्य विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य लक्ष्मी ओझा, पूर्व क्षेत्रीय सचिव खेम भट्ट र सदस्य भूमिनन्द ओझाको नाम पनि कारबाहीको सूचीमा राखेर सिफारिस गरिएको क्षेत्रीय सभापति हरिश खड्काले जानकारी दिए।

कैलाली क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, यज्ञराज उपाध्याय, निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरुले पेश गरेको प्रतिवेदनका आधारमा कारबाहीको सिफारिस गरिएको कैलाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...