प्रधानमन्त्री ओलीले बुहारी कुटेर यसरी छोरी तर्साए,तीन महिनामा रिजल्ट देखाउन नसक्ने मन्त्रीलाई किक हान्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै मन्त्रीहरुसँग रुष्ट बनेका छन् । मन्त्रीहरुको तीन महिनाको पफर्मेन्स सन्तोषजनक नभएको भन्दै ओली आजको मन्त्रिपरिषदको बैठकमा पड्किएको स्रोतको दाबी छ ।

आईतबार विहानै बसेको मन्त्रिपरिषदको बैठकको सुरुवातमै ओलीले सरकार गठन भएको तीन महिना भैसक्यो तर तपाईहरुको प्रस्तुति र कार्यशैली झुर रहेको भन्दै मन्त्रीहरुलाई एकमुष्ट रुपमा थर्काएका थिए ।

ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईहरुलाई सुध्रन अब जम्मा तीन महिनाको समय छ, यो बीचमा पनि राम्रो काम गर्न सक्नुभएन भने जागिर चट हुन्छ, लेखेर राख्नुहोस्।’

ओलीले पटक पटक मन्त्रीहरुलाई अब मात्रै तीन महिना मौका दिने चेतावनी दिएका दिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यत्तिका दिन बित्दापनि मन्त्रीहरुले उपलब्धिमूलक कुनै काम गर्न नसकेको गुनासो पोखेका थिए ।

उनले भनेका थिए,‘खोई काम भएको ? मलाई परिणाम चाहिएको छ । रिजल्ट दिनुहोस्, यो तीन महिना तपाईहरुको लागि अल्टिमेटम नै हो।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...