प्रचण्ड आफुले बोलेका कुरा बाट आफै तर्सिए,आफ्नै छाँया संग किन गयो प्रचण्डको सातो



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने सम्भावना नभएको बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले निर्वाचनमा कार्यकारीको पक्षमा भोट नमागेको भन्दै उनले बहुदलीय प्रतिस्पर्धाबाट सरकार निर्माण भएको हुँदा तत्काल कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान समस्या भएको बताए।

‘यो बहुदलीय प्रतिस्पर्धाबाट निर्माण भएको सरकार हो’, उनले भने, ‘यसले कार्यकारी व्यवस्थाको निर्णय गर्न सक्दैन।’

उनले आफूहरु कार्यकारी राष्ट्रपतिको पक्षमा भए पनि अहिले उठेका कुराहरु बहसका निम्ति मात्रै भएको आफूहरु आगामि चुनावमा यसलाई पुनः उठाउने बताए।
‘अहिले हामीले विकास र समृद्धि दिने भनेर जनतासँग भोट मागेर सरकार बनाएका हौँ’, उनले भने, ‘आगामी निर्वाचनमार्फत जनताको धारणा बुझेर निर्णय गर्छाैं।’

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकारमा नेपाका सहभागी नहुन स्पष्ट पारेका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि दुई नम्बर प्रदेशमा पनि नेकपासहितको सरकार बन्ने चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले राजपालाई सरकारमा ल्याउने र फोरमसँग पार्टी एकता गर्ने भन्ने विषयमा छलफल चले पनि औपचारिक निर्णय भने नभएको सपष्ट पारे।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...