एआइजीको संख्या घटाएको ओली सरकारले पुलिसको संख्या बढाउने,आजको क्याबिनेटले यस्ता-यस्ता निर्णय गर्यो



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीहरुको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ। आइतबार विहान बसेको मन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो।

निर्णय अनुसार नेपाल प्रहरीमा अब ३ वटामात्र एआइजीको दरबन्दी रहनेछ भने सशस्त्र प्रहरीमा २ वटा एआइजी रहनेछन्।। नेपालको प्रादेशिक संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय मन्त्री परिषदले गरेको छ।

यसैगरी नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान एक हजार छ सय नेपाल प्रहरीको दरबन्दी खुलाइने निर्णय पनि आजको बैठकले गरेको छ। आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने बैठकको निर्णय छ।

आजको बैठकले रसुवाको रसुवागढी र चीनको रिसुवा पुल र सिन्धुपाल्चोकको मितेरी पुल पुननिर्माणका लागि परराष्ट्र, ऊर्जा र अर्थ मन्त्रालय र चीन सरकारबीच सहमति गर्ने निर्णय गरेको जानकारी बैठक लगत्तै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...