एआइजीको संख्या घटाएको ओली सरकारले पुलिसको संख्या बढाउने,आजको क्याबिनेटले यस्ता-यस्ता निर्णय गर्यो



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीहरुको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ। आइतबार विहान बसेको मन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो।

निर्णय अनुसार नेपाल प्रहरीमा अब ३ वटामात्र एआइजीको दरबन्दी रहनेछ भने सशस्त्र प्रहरीमा २ वटा एआइजी रहनेछन्।। नेपालको प्रादेशिक संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय मन्त्री परिषदले गरेको छ।

यसैगरी नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान एक हजार छ सय नेपाल प्रहरीको दरबन्दी खुलाइने निर्णय पनि आजको बैठकले गरेको छ। आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने बैठकको निर्णय छ।

आजको बैठकले रसुवाको रसुवागढी र चीनको रिसुवा पुल र सिन्धुपाल्चोकको मितेरी पुल पुननिर्माणका लागि परराष्ट्र, ऊर्जा र अर्थ मन्त्रालय र चीन सरकारबीच सहमति गर्ने निर्णय गरेको जानकारी बैठक लगत्तै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...

कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...