विप्लबलाई सिध्याउन गृहमन्त्री बादलले उर्दी दिए पछी पुलिस संग विप्लबको भिडन्त,प्रहरी जवानको खुट्टा भाँचियो



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले चितवनका प्रहरीमाथि आक्रमण गरेका छन् । शनिबार राति विप्लव कार्यकर्ताको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा ती प्रहरी जवान घाइते भएका छन् । नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अङ्गरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । उनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । धोबीको टाउकोमा चोट लागेको आचार्यले जानकारी दिएका छन् । सो क्रममा बिसी भाग्न सफल भएको र उनका अङ्गरक्षक बीरबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताए । प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अङ्गरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...