गृहमन्त्री बादलको मन्त्री पदमा तुँवालो लगाउन प्रचण्डका घरबेटी सहितका ठेकेदारले चाले यस्तो कठोर कदम



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले एक पछाडि अर्काे एक्सन लिइरहेका छन् । केही अगाडि मात्र यातायात क्षेत्रको सिण्डिकेट तोडेर चर्चा कमाएका गृहमन्त्री बादलले सुन तस्करमा संग्लग्न ठूला माछाहरु समेत पक्राउ गर्ने बताइरहेका छन् । यतिमात्रै होइन राजनीतिक शक्तिको आडमा ठेक्का हडप्ने तर काम नगर्ने शैलुङ कन्स्टक्सनका मालिक तथा प्रचण्डका घरधनीलाई समेत नछाड्ने बताइरहेको भोलीपल्टै निर्माण व्यवसायीहरु गृहमन्त्री बादलको एक्सन विरुद्ध उत्रिएका छन् । उनीहरुले शुक्रवार एक विज्ञप्ती जारी गर्दै व्यवसायी तथा ठेकेदारहरु पक्राउको विरोध गरेका हुन ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसारी संघले एक विज्ञप्ती जारी गर्दै गह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्माण व्यवसायीहरुलाई पक्राउ गर्ने र वयान लिने काम गरेको भन्दै विरोध जनाएको छ ।
विज्ञप्ति जारी गर्दै संघले सार्वजनिक खरिद ऐन र नियमावली विद्यमान रहेको अवस्थामा गृह मन्त्रालयले अनावश्यक हस्तक्षेप गरि ऐन नियम विपरित निर्माण व्यवसायीहरुलाई पक्रने र थुन्ने कार्यले निर्माण व्यवसायीहरुलाई त्रसित र आतंकित बनाएको विज्ञप्तीमा उल्लेख छ ।

संघले निर्माण व्यवसायीहरुलाई आतंकित बनाइ निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने कार्य तत्काल बन्द गर्न निर्माण व्यवसायीहरुले आग्रह गरेका छन् ।

अध्यक्ष हुमनाथ कोइरालाले जारी गरेको विज्ञप्तिमा सरकारले एकोहोरो धरपकड मात्र गरिरहेका राष्ट्रभरिका सम्पूर्ण निर्माण व्यवसायीहरु निर्माण कार्य बन्द गरी आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

सम्झौता गरेको अवधिमा पनि काम नसकेर म्याद थप्दै जाने, काम अलपत्र पार्ने ठेकेदारहरुलाई कारवाही गर्न उनले जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता व्यवसायीको नाम संकलन गरिरहेका छन् । समयमै काम नसकेर आयोजनाहरुलाई अलपत्र पारेका पारेका ठेकेदारहरुलाई केही जिल्ला प्रशासन कार्यालयले बोलाएर स्पस्टिकरण पनि लिन थालेको छ । हिजोमात्रै कंचनपुरमा त्यहाँको जिल्ला प्रशासन कार्यालयले २२ जना ठेकेदारहरुलाई स्पस्टिकरण पत्र काटेको थियो ।

त्यतिमात्रै होइन सरकारले निर्माण कार्यको अनुगमनलाई पनि तीब्रता दिएको छ । एक साताअघि विराटनगरमा भइरहेको सार्वजनिक निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरेको भन्दै केही व्यवसायीलाई प्रशासनले पक्राउ गरेको थियो । मुलुकभरका चालु आयोजना सम्झौता बमोजिम भए नभएको अध्ययन गरी ठेकेदारहरुको कार्यसमीक्षा हुन थालेपछि केही ठेकेदारहरु अहिले सरकारविरुद्व एकजुट हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...