नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्लेसहित ६ विरुद्ध यस्तो मुद्दा दायर



हाम्रो इकोनोमि

फिल्म सुटिङ प्रयोजनका लागि छापिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। महानगरीय प्रहरी वृत्त महाराजगगञ्जले शुक्रबार काठमाडौं जिल्ला अदालतमा खोटाचलन मुद्दा दायर गरेको हो।

 २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ। गत जेठ २ गते उनीहरुलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो।

‘चंगा चेट’ फिल्मको सुटिङका लागि भनेर उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए। त्यो नोट बजारमा दुरुपयोग भएपछि प्रहरीले वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो।

उनीहरुबाट सुरुमा २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएकोमा पछि थप २ लाख बरामद भएको थियो।

लुट लगायत फिल्म बनाएका निर्माता वाग्लेले भने केही व्यक्तिहरुको गल्तीले आफुहरुलाई समेत फसाइएको बताएका छन्।

सोही फिल्म सुटिङ यूनिटका केही व्यक्तिहरुले गोंगबुको एक होटलमा फिल्म प्रयोजनका लागि छापिएको नक्कली नोट दिएर झुक्याउन खोजेपछि घटना बाहिर आएको थियो।
बरामद नोटमा भने नक्कली नोट नै भनेर लेखिएको छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...