नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्लेसहित ६ विरुद्ध यस्तो मुद्दा दायर



हाम्रो इकोनोमि

फिल्म सुटिङ प्रयोजनका लागि छापिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। महानगरीय प्रहरी वृत्त महाराजगगञ्जले शुक्रबार काठमाडौं जिल्ला अदालतमा खोटाचलन मुद्दा दायर गरेको हो।

 २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ। गत जेठ २ गते उनीहरुलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो।

‘चंगा चेट’ फिल्मको सुटिङका लागि भनेर उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए। त्यो नोट बजारमा दुरुपयोग भएपछि प्रहरीले वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो।

उनीहरुबाट सुरुमा २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएकोमा पछि थप २ लाख बरामद भएको थियो।

लुट लगायत फिल्म बनाएका निर्माता वाग्लेले भने केही व्यक्तिहरुको गल्तीले आफुहरुलाई समेत फसाइएको बताएका छन्।

सोही फिल्म सुटिङ यूनिटका केही व्यक्तिहरुले गोंगबुको एक होटलमा फिल्म प्रयोजनका लागि छापिएको नक्कली नोट दिएर झुक्याउन खोजेपछि घटना बाहिर आएको थियो।
बरामद नोटमा भने नक्कली नोट नै भनेर लेखिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...