निःशुल्क शिविरबाट एघार सय लाभान्वित



हाम्रो इकोनोमि

बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच, २५७ जनाको दाँतसम्बन्धी उपचार, १३९ जनाको स्त्रीरोग तथा महिलाको पाठेघरसम्बन्धी समस्याको उपचार गरिएको छ ।

सामाजिक विकास तथा सचेतना समाजको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय, बैतडीको प्राविधिक सहयोग र प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय तथा शिवनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाक—कान—घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । यसअघि उक्त शिविर दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि सञ्चालन गरिएको थियो । यसपश्चात आज पञ्चेश्वरमा उक्त शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...