निःशुल्क शिविरबाट एघार सय लाभान्वित



हाम्रो इकोनोमि

बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच, २५७ जनाको दाँतसम्बन्धी उपचार, १३९ जनाको स्त्रीरोग तथा महिलाको पाठेघरसम्बन्धी समस्याको उपचार गरिएको छ ।

सामाजिक विकास तथा सचेतना समाजको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय, बैतडीको प्राविधिक सहयोग र प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय तथा शिवनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाक—कान—घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । यसअघि उक्त शिविर दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि सञ्चालन गरिएको थियो । यसपश्चात आज पञ्चेश्वरमा उक्त शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

शिक्षामन्त्री पुनले दिए राजीनामा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।...

माछापुच्छ्रे बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

    माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...