गृहमन्त्री बादलले प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीलाई पनि पनि कारबाही गर्ने चेतावनी, को को छन कारबाहीको लिस्टमा



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताए ।

प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...