सरकारले घुडा टेक्यो , सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता



हाम्रो इकोनोमि

बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ ।

लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएका छौं । ‘

सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै वुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए । बुधबार बिहानै भने उनीहरु सरकारको निर्णयको बिरोधमा धितोपत्र बोर्ड घेराउ गर्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...