क्याप्टेनको सुटिङमा अनमोललाई चिसोले हैरान



हाम्रो इकोनोमि

अभिनेता अनमोल केसी क्याप्टेन फिल्मका लागि मिहिनेत गरिरहेका छन् । यो फिल्मको छायांकन फरक फरक लोकेशनमा भैरहेको छ । यसैले पनि अनमोल कहिले यता त कहिले उता दौडिरहेका छन् । फिल्मको एउटा रोमान्टिक गीतको छायांकन मुस्ताङमा गरिएको छ । मुस्ताङमा ५ दिन गीत खिचेर फिल्मको यूनिट काठमाण्डौ फर्किएको छ ।

तर, फिल्मको रोमान्टिक गीतको छायांकन गर्न गएका अभिनेता अनमोल केसीलाई भने चिसोले हैरान बनाएछ । रोमान्टिक लोकेशनमा अनमोल चिसोले कायल भएका छन् । यसैले पनि उनले मुस्ताङको चिसोमा ब्ल्याङ्केटको साहारा भन्दै फोटो पोष्ट गरेका छन् । अनमोल जस्तोसुकै अवस्थामा पनि कानमा हेडफोन भने छाड्दैनन् । अरु बेलामा चिसोले ओइलिएपनि हिरोइनसँग रोमान्टिक हुने बेलामा रोमान्टिक हिरोले बाक्लो ब्ल्याङ्केट त ओडेननन् होला ?

दिवाकर भट्टराइले निर्देशन गरिरहेको यो फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभी अनमोलको जोडीको रुपमा छन् । अनमोल यो फिल्ममा फुटबल खेलाडीको भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...