नापीका कर्मचारीको बहादुरी : एक महिनामा साठी लाख घुस असुली



हाम्रो इकोनोमि

नापी कार्यालय कलंकीका प्रमुख दीपक सापकोटाले कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसला विपरीत कृषियोग्य जग्गा कित्ताकाट गरी बैशाख महिनामा मात्र ६० लाख रुपैयाँ  घुस लिएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनाली र अख्तियारमा उनले सरकारको निर्णय विपरीत जग्गा कित्ताकाट गरी उक्त रकम घुस लिएको सूचना पुगेको थाहा भएको छ । कलंकी नापी कार्यालयका प्रमुख सापकोटाले ६० लाख रुपैयाँ लिए भने अरु कर्मचारीहरुले पनि दामासाहीले लिंदा मासिक घुसको कारोबार १ करोड रुपैयाँ भन्दा बढी भइरहेको पुष्टि भएको छ ।

नापी कार्यालय कलंकीमा ५ नापी अधिकृत र ९ वटा फाँटमा ९ सर्भेक्षक कार्यरत छन् । त्यसैगरी अमिन र कार्यालय सहयोगीलाई ४० प्रतिशत घुसको हिस्सा भाग लगाउँदा पनि ६० लाख प्रमुखले लिंदा ४० लाख मातहतका अधिकृत र सर्भेक्षकहरुलाई भाग लगाउ“दा पनि १ करोड घुस कित्ताकाटबाट मात्रै कर्मचारीले लिएको कुरा पुष्टि हुन आउ“छ ।

कृषि, भूमि ब्यवस्था मन्त्रालयले ६ महिनादेखिको कित्ताकाटको विवरण काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयमा मागेको छ । मन्त्रालयले विवरण माग्दा पनि सरकारको निर्णय विपरीत कित्ताकाट गरी घुस खाने क्रम रोकिन नसकेको पीडितहरुको गुनासो छ ।

कृषियोग्य जग्गाको एकीन नभएको भन्दै आनाको ५० हजार मालपोत र ५० हजार नापी कार्यालयले घुस लिएर धमाधम कित्ताकाट भइरहेको छ ।

भूमिब्यवस्था मन्त्रालय र अदालतको फैसलाविपरीत उपत्यकाका कलंकीमात्र होइन, चावहिल, भक्तपुर, ललितपुर, साँखु, मनमैंजुका नापी र मालपोत कार्यालयमा कित्ताकाटमा दैनिक लाखौं लाख घुसको कारोबार हुने गरेको नजगुनासो छ ।

आनाको ५० हजार मालपोत, ५० हजार नापी र ५० हजार लेखन्दासलाई बुझाउँदै काठमाडौंमा जग्गा कित्ताकाट हुँदै आएको छ । आनाको १ लाख ५० हजार घुस लिएपछि कित्ताकाट फटाफट हुन्छ, तर तोकिएको यो घुस नदिए सरकारको परिपत्र र अदालतको फैसला देखाएर मिल्दैन भन्ने जवाफ सेवाग्राहीले कर्मचारीबाट पाउने गरेका छन् ।

नापी कार्यालय साँखुका प्रमुख भागवत साह २ लाख ५० हजार रुपैयाँ घुससहित २०७५ बैशाख १९ मा कार्यकक्षबाटै पक्राउ परे । उनले नयाँ पाटीको ३६ रोपनी कृषियोग्य जग्गा कित्ताकाट गर्नका लागि २० लाख घुसमा डिल गरेका थिए ।

 

सेवाग्राही सुजन पौडेलले उनलाई १७ लाख ५० हजार रुपैया“ घुस दिइसके पनि २ लाख ५० हजारका लागि धेरै नै कचकच गरेपछि उनले अख्तियारमा उजुरी दिएर पक्राउ गराएका थिए । सा“खुको यो काण्ड प्रतिनिधिमूलक उदाहरण हो, काठमाडौं उपत्यकाका सबै नापी र मालपोत कार्यालयमा भागवत साहकै जस्तो गरी कित्ताकाटमा घुस असुली भइरहेको गुनासो पीडितहरुको रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरोकारवाला निकायले अनुगमन गरी ६ महिनाका फाइल अनुसन्धान गर्ने हो भने कति घुस कारोबार भयो छर्लङ्ग हुनेछ ।

यसरी नापी र मालपोत कार्यालयले कित्ताकाटमा घुस खाने गरेका छन् । जसको हिस्सा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसम्म पुग्ने गरेको कर्मचारी स्रोत  बताउछ । महानिर्देशक भट्टले नियम विपरीत कित्ताकाट गर्ने काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुहरुलाई संरक्षण गर्ने सर्तमा मासिक ५ लाखका दरले दस्तुरी बुझ्ने गरेको आरोप छ ।

चावहिल नापीका प्रमुख मणि रेग्मी, मनमैजुका धु्रव थापा, डिल्लीबजारका मग्नु दत्त, ललितपुरका सुरेश जोशीलाई पनि भट्टले दररेट तोकेका छन् । कलंकी नापी कार्यालयका प्रमुख  दीपक सापकोटाले मासिक दररेटका अलावा महानिर्देशक भट्टका सबै आवश्यकता पूर्तिको जिम्मा लिएका छन् । भट्ट मोजमस्ती गर्ने स्वभावका भएकाले पनि उनका आवश्यकता सापकोटाले पूरा गर्दैआएका छन् ।

सापकोटाले धादिङको नापी प्रमुख हुँदा राजमार्ग क्षेत्रका सयौं रोपनी वनका जग्गा ब्यक्तिका नाममा गैरकानूनी नापी गरेको आरोप छ । जुन मुद्दा अख्तियारले विस्तृत छानबिन गरिरहेको स्रोत बताउछ ।   ( साँघु साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस
इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग

  वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३...

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द

     सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य...

प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...