लोभी पापीले घुस त खाए खाए बातावरण पनि दुषित पारे भन्दै जंगबहादुर शैलीमा यसरी कुर्लिए ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिब नभएको देश बनाउनका लागि वातावरण जोगाउनु पर्ने र त्यसका लागि अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर सरकारले सुरु गरेको वातावरण महाअभियानको ललितपुरको जावलाखेलमा सुरुवात गर्दै प्रधानमन्त्री ओलीले मंगलबार विकास र समृद्धिको सपना पूरा गर्नका लागि वातावरण बिनास होइन संरक्षण गर्नु पर्ने र त्यसका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

वातावरण दिवसको अवसरमा सुरु भएको अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो अभियानबाट हामीले वातावरण जोगाउने प्रतिज्ञा गरेका छौँ । गाउँदेखि पूरै देशलाई नमूना बनाउने प्रतिबद्धता हो । हामीसँग सबैथोक छ मात्रै प्रतिबद्धताको खाँचो छ ।’

भौगोलिक रुपमा विविधताले भरिएको देश रहेकाले सम्भावना रहेको उनले बताए । उनले भने, ‘समुद्र सहतहबाट ५८ मिटरदेखि विश्वको सर्वोच्च शिखर यहिँ छ । हिमाल छ अनि हामी पहुँचका हिसाबले समुद्रसँग पनि जोडिएका छौँ ।’

अहिले देखिएको वातावरणीय समस्या जनचेतानको अभाव र असन्तुलित विकासका कारणले भएको उनले बताए । यस्तै लोभी पापी मानवीय बानीका कारण पनि समस्या भएको उनले बताए ।

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिर्वतमा कार्बन उत्सर्जन धेरै गर्ने विकसित देशको हात रहेको तर समस्या नेपालजस्ता देशले भोग्नु परेको उनले बताए । उनले भने, ‘प्रदुषण आफूले गर्ने अनि आरोप हामीलाई लगाउने ? समुद्र उनीहरुले प्रदुषित पार्ने अनि आरोप हामीलाई लगाउने ?’

वातावरण व्यस्थापनसँगै सुशासन आफ्नो सरकारको एजेण्डा रहेको उनले बताएका छन् । उनले भने, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो सपना हो । हामी समाजवाद उन्मुख देश बनाउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...