लोभी पापीले घुस त खाए खाए बातावरण पनि दुषित पारे भन्दै जंगबहादुर शैलीमा यसरी कुर्लिए ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिब नभएको देश बनाउनका लागि वातावरण जोगाउनु पर्ने र त्यसका लागि अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर सरकारले सुरु गरेको वातावरण महाअभियानको ललितपुरको जावलाखेलमा सुरुवात गर्दै प्रधानमन्त्री ओलीले मंगलबार विकास र समृद्धिको सपना पूरा गर्नका लागि वातावरण बिनास होइन संरक्षण गर्नु पर्ने र त्यसका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

वातावरण दिवसको अवसरमा सुरु भएको अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो अभियानबाट हामीले वातावरण जोगाउने प्रतिज्ञा गरेका छौँ । गाउँदेखि पूरै देशलाई नमूना बनाउने प्रतिबद्धता हो । हामीसँग सबैथोक छ मात्रै प्रतिबद्धताको खाँचो छ ।’

भौगोलिक रुपमा विविधताले भरिएको देश रहेकाले सम्भावना रहेको उनले बताए । उनले भने, ‘समुद्र सहतहबाट ५८ मिटरदेखि विश्वको सर्वोच्च शिखर यहिँ छ । हिमाल छ अनि हामी पहुँचका हिसाबले समुद्रसँग पनि जोडिएका छौँ ।’

अहिले देखिएको वातावरणीय समस्या जनचेतानको अभाव र असन्तुलित विकासका कारणले भएको उनले बताए । यस्तै लोभी पापी मानवीय बानीका कारण पनि समस्या भएको उनले बताए ।

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिर्वतमा कार्बन उत्सर्जन धेरै गर्ने विकसित देशको हात रहेको तर समस्या नेपालजस्ता देशले भोग्नु परेको उनले बताए । उनले भने, ‘प्रदुषण आफूले गर्ने अनि आरोप हामीलाई लगाउने ? समुद्र उनीहरुले प्रदुषित पार्ने अनि आरोप हामीलाई लगाउने ?’

वातावरण व्यस्थापनसँगै सुशासन आफ्नो सरकारको एजेण्डा रहेको उनले बताएका छन् । उनले भने, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो सपना हो । हामी समाजवाद उन्मुख देश बनाउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...