चतुर महिलाको जालमा यसरी फसे एसएसपी पोखरेल,गृहमन्त्रीले महिला संग लाग्ने पुलिसलाई किक हान्ने



एक महिलाको पैसा उठाउने नाममा आफ्नो दायरा नाघ्दा महानगरीय प्रहरी परिसर, काठमाडौंका अधिकारीहरु समस्यामा परेका छन् । अदालतले फैसला गरिसकेको विषयमा गैरकानुनी रुपमा एक व्यावसायीलाई थुनामा राखेर जबर्जस्ती कागज गराएको खुलेपछि गृहमन्त्रालयले एसएसपी विश्वराज पोखरेल लगायतमाथि छानबीन अघि बढाएको छ ।

सधैँ विवादमा आइरहने मेनपावर व्यवसायी राधिका कटवालको कारण काठमाडौं प्रहरीमाथि गृह मन्त्रालयले छानबीन थालेको हो । कटवालको अर्का व्यावसायी अनिल गजमेरसँग लेनदेन विवाद थियो । गजमेरलाई कटवालले पैसा दिएकी थिइन् । त्यसमध्ये सबै पैसा फिर्ता गरिसकेको गजमेरको दाबी छ । तर उनले मिटर ब्याज सहित पैसा दावी गर्दै राधिकाले गजमेरलाई टर्चर दिइरहिन् ।

पैसा फिर्ता दिएको कागज पत्र गजमेरले ३ वर्ष अगाडी भूकम्पमा हराए । जसकारण विवाद बढ्दै गयो । गजमेर सँग पैसा असुल्न उनले विभिन्न नेता मार्फत प्रहरी परिचालन गरिन् । शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनले देउवाको पिए मार्फत काठमाडौं प्रहरीलाई दबाव दिइन् । परिसरका तत्कालिन एसएसपी रविन्द्र धानुकले दबावका बावजुत लेनदेन प्रकृतिको त्यो उजुरीलाई गम्भिर रुपमा हेरेनन् ।

अर्को तर्फ सोही विवादको मुद्दा उच्च अदालत पाटनमा चलिरहेको थियो । सामान्यतय अदालतमा चलिरहेको मुद्दामा प्रहरीले अनुसन्धान गर्दैन । त्यसकारण प्रधानमन्त्रीको दबाबका बाबजुत पनि राधिकाको केही लागेन ।

काठमाडौं प्रहरी परिसरमा नेतृत्व फेरिए एसएसपी विश्वराज पोखरेलका निकट व्यक्तिहरुबार उनले सुचना प्राप्त गरिन् र सो केस प्रभाव पारिन् । न्यायधीश लगायत व्यक्ति मार्फत एसएसपी पोखरेललाई दबाव दिइन् ।

सोही अनुसार कुरा गर्न भनेर प्रहरीले गजमेरलाई गत जेठ ६ गते बोलायो । सुरुमा उनलाई किन बोलाइएको भनिएन । पछि राधिका कटवाल पुगेपछि परिसरका डिएसपी मोहन बहादुर थापाले उनलाई भने,‘उहाँलाई पैसा तिनु भर्एन भने पत्रकार सम्मेलन गरेर तपाईंलाई सार्वजनिक गरिने छ ।’ उनले घटनाको वास्तविकता बताउन खोजे । त्यस बेलासम्म उच्च अदालतले सो मुद्दाको फैसला पनि गरिसकेको थियो । उनले फैसलाको कागज देखाउन समय मागे । तर, प्रहरीले उनको कुरा सुन्दै सुनेन । उनलाई हिरासतमा यातना दिएर भोलिपल्ट ४५ लाख रुपैयाँको चेक काट्न लगाइयो । चैत्र २ गतेको मिति राखेर कागज गर्न लगाइयो । ३५ दिनपछि जबर्जस्ती कागज गरेको मुद्दा नचल्ने भएकाले पुरानो मिति राखेर त्यसरी कागज गर्न लगाईएको थियो ।

हिरासतबाट निस्किएपछि गजमेर गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुगे । गृहमन्त्रीले उनलाई मन्त्रालयमा लिखित निवेदन दिन भने । सोही अनुसार उनले निवेदन दिएका छन् । आइतबार मात्रै एसएसपी पोखरेल लगायतका अधिकारीलाई बोलाएर छलफल गरेको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्