खोप लगाउन आउने बालबालिका बढ्दै



हाम्रो इकोनोमि

गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।

अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो । चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो । अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन् ।

अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन् । उहाँ भन्नुहुन्छ, “अस्पताल नजिकका मात्रै होइन टाढाबाट धाएरै आउने पनि धेरै छन् ।”

अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठ बताउनुहुन्छ । अरु कतिपय स्वास्थ्य केन्द्रले महिनामा एक पटक मात्रै खोप कार्यक्रम सञ्चालन गर्छन् । उहाँ भन्नुहुन्छ, “साता नै पिच्छे हुँदा पनि सेवाग्राही सेवा लिन आउने गरेका हुन् ।” विगतमा खोपसम्बन्धी उजुरी नभएकाले पनि यहाँ आउने बढिरहेको उहाँ बताउनुहुन्छ ।

अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तरलगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...