तरकारी बिक्रेता र किसानको सिधा सम्पर्क गरेर विचौलियाको अन्त्य गर्ने मन्त्री चक्रापाणी खनालको चेतावनी, सटरको भाडा नै महिनाको दुई लाख



हाम्रो इकोनोमि

कालिमाटी तरकारी तथा फलफुल बजारमा बिचौलियाले व्यापारीसग चर्को भाडा असुली रहेको तथ्य खुलेको छ । कृषि मन्त्री चक्रापाणी खनालले आज विहान गरेको अनुगमनको क्रममा सो कुराको रहस्य खुलेको हो ।

बिचौलियाले स्थानीय फलफुल बजारका पदाधिकारीसग मिलेमतो गरी प्रतिमहिना ११ हजार रुपैयामा लिएको सटर व्यापारीलाई दुई देखी तीन लाख रुपैयामा बेच्ने गरेका रहेछन् । विहान अनुगमन गरिरहको मन्त्री खनालले त्यही व्यापार गर्ने एक व्यापारीलाई भाडाका विषयमा सोधेपछि मन्त्री आफै ट्वा परे । उनि अनुगमनमा आउने खबर पाएपछि विहानैबाट विचौलिया ब्यापारीलाई धम्क्याउन पुगेका रहेछन् । उनिहरुले वास्तविकता नभनी सम्झौता अनुसार कै दाम भन्न दबाब दिएका रहेछन् ।

मन्त्री पुगेपछि स्थानीय ब्यापार गरिरहेका नवराज मैनालीलाई सोध—‘नवराज जी तपाई मासिक कति भाडा तिर्नुहुन्छ नि यो सटरको ?’ उनि एकछिन अलमलमा परे र जवाफ दिए,‘ मन्त्री ज्यू भनेर के हुन्छ, आज मात्रै होइन, भोलि पनि हामीले व्यापार गर्नुपर्छ । उनको त्यस्तो प्रतिक्रिया पछि मन्त्री खनालले भने – भन्नुस न अब त्यस्तो हुँदैन । त्यसपछिमात्रै उनले भाडा महिनामा दुई लाख ५० हजार भएको बताएका थिए ।

व्यापारी नवराजको कुरा सुनेपछि कृषि मन्त्री खनाल चकित भए । व्यापारीको कुरा सुनेपछि मन्त्री खनालले विचौलियाको चंगुलमा फसेको कालिमाटी तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा गरेका छन् । उनले भने,‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले तीन लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए ।’ एक पटक सटरको टेण्डर लगाएपछि १५ वर्षसम्म नचलाउने प्रक्रियाको अन्त्य हुने भन्दै तरकारीमा देखिएको सिण्डिकेट हटाउने घोषणा गरे ।

उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...