प्रधानमन्त्री ओलीले दिए यस्तो चेतावनी, जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने, विप्लवका गतिविधि पृथकतावादतर्फ



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको  भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले मुलुकले शान्ति समृद्धि खाजेकाले त्यस्ता गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका हुन् ।

सोमबार प्रदेश ३ को प्रदेश सभा बैठकलाई  सम्बोधन गर्दै उनले भने, ‘ मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’
उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे ।

यस्तै देशको तीव्र विकास गर्न सुशासन पहिलो सर्त भएको बताउँदै प्रधानमन्त्री ओलीले सुशासनको पहिलो सर्त भ्रष्टचार निर्मुल गर्नु रहेको प्रष्ट पारे ।

भ्रष्टचार गर्नेको अनुहार समेत नहेर्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने चेतावनी दिए ।

‘हाम्रै साथीभाइ होलान्, व्यवसाय चलाएका होलान् तर, चिनेजानेका र आफन्त भएपनि जोगिन्छु भनेर नसोचे हुन्छ’ प्रधानमन्त्रीको चेतावनी छ, ‘बेठिक गर्ने र भ्रष्टाचार गर्ने कोहीकसैलाई क्षमा दिइँदैन, सहिदैन, सरकारले सिण्डिकेट तोड्छ भन्यो तोडेरै छाड्यो । त्यसमा को को परे पछि अनुहार हेरौला ।’

सराकार गरिवी, भ्रष्टचार, निरक्षरता र पछौटेपनकाविरुद्ध आक्रमक शैलीमा अघि बढ्ने भन्दै प्रधानमन्त्रीले यहि शैलीमा अघि बढ्न प्रदेश सरकारलाई निर्देशन दिए । ‘यदि प्रदेश सरकारले गर्न नसके केन्द्र सरकारलाई देखाएदिनु हामी गर्छौ ।’   उनले भने ।

               देशले हाइवे पक्डेको छ, गाडी पाँच गियरमा गुँड्छ : प्रधानमन्त्री

सुशासन र सम्बृद्धिका पक्षमा आत्मविश्वासका साथ अघि बढ्न प्रदेश सरकार र प्रदेश सांसदलाई सुझाव पनि दिए ।

विशेष नीति र व्यवस्था गरेर भएपनि पछाडि परेकाहरुलाई अधिकार उपलव्ध गराएरै छाड्ने र त्यसका लागि नीति नियम र कानुन बनाउन सरकार लागि रहेको प्रधानमन्त्री ओलीले बताए ।

कुनैपनि मानिसको पहिलो आवाश्यक्ता भनेको सुरक्षा भएको भन्दै सुरक्षाको प्रत्याभुति दिने प्रयासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । लोकतन्त्र मात्रै भनेर नपुग्ने भन्दै उनले लोकतन्त्रको बास्तविक अनुभुति जनताले गर्ने लोकतन्त्रको आवाश्यक्ता महशुस गरेको र सरकारले त्यहि किसिमको नीति तथा कार्यक्रम ल्याएको बताए । ‘म दावाका साथ भन्छु अव कोही नेपाली भोकै मर्दैन । तराईमा अव कोही नेपाली जाडोले कठ्याङग्रिएर मर्न नपरोस् ।’

जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले नयाँ मोडालिटिअनुसार बस्ती विकास गर्ने तयारी सरकारले गरेको प्रधानमनत्रीले सुनाए । आधुनिक र सम्बृद्धिको कुरा सुन्दा कतिपयलाई काल्पनिक जस्तो लागेपनि सम्भव भएको बताए ।

साक्षर अभियान उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले ४ लाखबाट ५९ हजारमा झरेको बताए । ‘अव निरक्षर नेपालमा ५ बर्षमुनिका मात्रै हुन्छन् । यो अभियानसँगै उच्च र गुणस्तरीय शिक्षामा जान्छौ’
स्वदेशमै उत्पादन भएका बस्तुले खान पुग्ने भएपनि आफ्नो उत्पादन नखाएर आयातित खाद्यन्न प्रयोग गर्ने बानी हटाउन प्रधानमन्त्री ओलीले सुझाव दिए । ‘हामीसँगको उत्पादनले खान नपुगेको होइन, पुग्छ । हामीलाई भातै खानै पर्नेबानीका कारण पनि अलि समस्या भएको हो । देश गरिव छ तर, मसिनो चामल आयात गर्छौ । उत्पादनमुखि नभएर उपभोगमुखि बनेका छौ, यसलाई परिवर्तन गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले हामी एउटा नयाँ अभ्यासमा गएको भन्दै लामो संघर्ष र बलिदानीपछिमात्रै यो अभ्यासमा आएको बताए । ‘सार्वभौमसत्ता जनतामा रहेको गणतन्त्रको अभ्यास गरेका छौ । विकेन्द्रीत, अधिकार र अवसरको बाँडफाँड यथार्थमा लोकतान्त्रिक पृथक र उन्नत छ । यो राजनीतिक स्वतन्त्रतामात्रै होइन, यो त कम्प्रीहेन्सी डेमोक्रेसी हो । लोकतन्त्रको पहिलो काम लोकलाई हेर्ने,लोकको काम गर्ने हो ।’
आधारभूत आवाश्यक्ताको परिपुर्ति, खाने,लाउने र आवासको व्यवस्थासहितको व्यवस्थाको कल्पना गरिएको भन्दै प्रधानमन्त्रीले २१ औं सताब्दीका हामी नेपाली चरा र मुसा जस्तो रातविहान चारोको खोजीमा बस्न नसक्ने बताए । प्राकृतिक र जैविक रुपमा नेपाल र नेपाली धनी भएपनि त्यसलाई सहि ढंगले प्रयोग गर्न नसकेको बताए । ‘हामीसँग काठ, बास छ, ढुङगामाटो छ । पानी छ, सिमेन्ट छ, जमिन छ । छाउन पराल र खर छ । तर घर छैन । यो अनौठो विसंगति भोगिरहेका छौ’, ‘सदुपयोगको सिद्धान्तलाई ध्यान दिनुपर्छ’ प्रधानमन्त्रीको जोड थियो ।

विकास र सम्बृद्धिका लागि परिस्थिति अनुकुल भएको भन्दै अब गरेर देखाउन सवैमा संकल्प जरुरी रहेको बताए । उनले आफुले छिमेकीसँगको सम्बन्धमा समेत सुधार ल्याएको बताए । ‘अव जुगाको लडाई नलड्ने राष्ट्रको हित खोज्ने हो’ उनले भने ‘नेपालले नयाँ उचाइमा छिमेकीहरुसँगको सम्बन्ध विस्तार गरेको छ । हामी खोक्रो दावी मात्रै गर्दैनौ गरेर देखाउँछौ ।’ एकजुट भएर राष्ट्रिय सार्वभौमसत्ता अगाडि बढेको भन्दै हाम्रा आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने प्रधानमन्त्रीको दावी थियो ।
यसअघि प्रधानमन्त्री ओलीले बैशाख १६ गते प्रदेश ५ को प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...