जंगी अड्डामा अचानक प्रधानमन्त्री, काठमाडौं–तराई प्रवेशमार्ग सडक रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्ने



सेनाले निर्माण गरिरहेको द्रुत मार्गको प्रगति अनुगमनमा राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन गरिएको छ ।

पुरानो कार्यविधिमा सेनाबाहेकको सहभागिता फितलो रहेको भन्दै सेना र रक्षा मन्त्रालयले तयार गरेको ‘काठमाडौं–तराई प्रवेशमार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५’ आइतबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

अब रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्नेछ । टोलीमा निर्माणसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि र प्रधानसेनापति रहनेछन् । निर्देशक समितिमा पनि निजामती कर्मचारीको सहभागिता बढाइने भएको छ । सेनाले चार वर्षभित्र द्रुतमार्ग बनाइसक्ने बताउँदै आएको छ । यसअघि चार वर्ष भनिएकोमा एक वर्ष थप भइसकेको छ ।
प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । उनी त्यहाँ पुग्ने जानकारी पाएपछि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि जंगी अड्डा पुगेका थिए ।

सूचना निर्देशनालयले जंगी अड्डामा प्रधानमन्त्री र रक्षामन्त्रीको आगमन भएको स्विकारे पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरेको छ । स्रोतले पृतनापति भेलापछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जंगी अड्डा निम्त्याइएको बताएको छ ।,

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक