जब सुष्मा स्वराज चढेको विमान ‘हरायो’…



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् ।

स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।

यद्यपी, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिती तनावग्रस्त भएको बीबीसीले बताएको छ ।

सुष्माको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिती असामान्य रहेको बताइएको छ ।

सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन्, करिब १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो ।

एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्युनिकेशन) जेबी सिंहले बीबीसीलाई भने, ‘मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।’

उनका अनुसार साधारणतया यदि कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे यस्तो प्रकारको अलर्ट जारी गरिन्छ ।

‘भीआईपी सवार भएकाले जारी गरियो अलर्ट’

जेबी सिंहले भने, ‘त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन । माले (मालदिभ्सको राजधानी) ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि संदेश दिएको थियो । मोरिससका एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।’

अधिकारीको तर्फबाट आइतबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘सायद मोरिससले विमानमा भिआइपी (अति विशिष्ठ व्यक्ति) सवार भएकाले उक्त अलर्ट जारी गरेको थियो ।’

एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको अधिकारीले जानकारी दिए ।

‘उक्त विमानले शनिबार अपरान्ह २ बजेर ८ मिनेटमा तिरुवनन्तपुरमबाट उडान भरेको थियो । भारतीय वायुक्षेत्रपछि विमानको भारतीय समय अनुसार बेलुका चार बजेर ४४ मिनेटमा माले एटीसीसँग सम्पर्क भयो । त्यसलगत्तै यसको जिम्मा मोरिसस एटीसीलाई सुम्पिएको थियो । मोरिसस एटीसीले भारतीय समयानुसार बेलुका ४ बजेर ५८ मिनेटमा विमानसँग सम्पर्क स्थापित गर्न सक्यो ।’

‘त्यसपछि मोरिससदेखि भारतसम्मका अधिकारीले राहत महसुस गरे,’ उनले बताए ।

सुष्मा स्वराज दक्षिण अफ्रिकामा ब्रिक्सका साथै आइबीएसए (भारत, ब्राजिल र दक्षिण अफ्रिका) को बैठकमा समावेश हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...