सुरिएर गाडी चेक गर्न पुगेका गृहमन्त्रीकै गाडी फेल, वनमन्त्रीले चेक गरेको गाडी यसरी भयो पास



घटना आइतबार विहानको हो । थापाथली चोकमा सरकारको प्रत्यक्ष उपस्थिती देखियो । एकाविहानै सरकारी कर्मचारी, पत्रकार, ट्राफिक प्रहरी र अन्य सरोकारवालाहरुको बाक्लो उपस्थितीले यहाँ के हुँदैछ भन्ने प्रश्न उठिरहेको थियो । अचानक मन्त्रीका गाडी आए । कर्मचारीले मन्त्रीहरुलाई हरियो एप्रोन र मास्क थमाए । गृहमन्त्री रामबहादुर थापा बादल र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत एकाएक सडकमा ओर्लिए । ट्राफिक प्रहरी महाशाखा एसएसपी बसन्त पन्तको टोलीले प्रदुषण मापक यन्त्र झिके र गुडिरहेका गाडीलाई रोकेर मन्त्रीहरु जाँचपड्तालमा कस्सिए ।

घटना नं १ – रत्नपार्कबाट जावलाखेल गुड्दै गरेको बा.२ ख ९३५२ नम्बरको भाडाको माइक्रो बस सडकमा साइड लगाइयो । गृहमन्त्री बादलले माइक्रो बसको साइलेन्सरमा प्रदुषण मापक यन्त्र छिराए । डिजिटल मेसिनमा ५.५ अंक देखायो । प्रदुषण मापदण्डअनुसार हुनुपर्ने थियो, २.२ अंक । तत्कालै ट्राफिक प्रहरीले प्रदुषण मापदण्ड फेल भएको भन्दै चिट काटे । लगत्तै वातावरण प्रदुषण गर्नु पनि एक प्रकारको भ्रष्टाचार हो भन्दै गृहमन्त्री बादलले स्वच्छ र स्वस्थ्य जनता भए देश र जनता समृद्ध हुने घोषणा गरे ।

घटना नं २ – वन तथा वातावरणमन्त्रीले बा. १ ज. ४३३१ नम्बरको ट्याक्सीको प्रदुषण मापन गरे । सो ट्याक्सी मापदण्ड भित्र रहेर गुडिरहेको पाइयो । ट्राफिकले पास भन्दै पठाए । मन्त्री बस्नेतले वातावरणमा प्रतिकुल असर पुर्याउने कुनै पनि काम गर्न नमिल्ने बताए ।

गृहमन्त्री बादलले यो सिम्बोलिक रुपमा काम गरिएको सुरुवात हो भन्दै यो अभियानलाई देशैभरि चाँडै नै लागू गरिने जानकारी दिए । वन मन्त्री बस्नेतले नेपाल सरकार देशैभरि स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न लागिपरेको बताए ।
स्थानीय र प्रदेश सरकारको समन्वयमा प्रदुषण नियन्त्रण अभियानलाई देशव्यापी बनाइने दुबै मन्त्रीले एकसाथ घोषणा गरेका थिए ।

सरकारले जेठ २२ गते मनाउन लागिएको सप्ताहव्यापी वातावरण दिवसको पाँचौ दिन आज आइतबार सो छड्के जाँचपड्ताल गरिएको अधिकारीले बताएका छन् । सातौ दिन अर्थात् जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा एकवर्षे नेपाल सरसफाइ महाअभियान घोषणा गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्