दादागिरि मौलाउन थाले पछी भारतबाट पेट्रोलियम पदार्थ आयात ठप्प,फेरि देखियो नाकाबन्दीको संकेत



हाम्रो इकोनोमि

ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् ।
भारतीय पक्षको ज्यादती बढेको भन्दै चालकहरुले अमलेखगञ्ज र थानकोट डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेका छन् ।

पेट्रोलियम ढुवानी गर्ने क्रममा भारतीय पक्षबाट दुब्र्यवहार भएको भन्दै ट्यांकर चालकहरुले भारतबाट हुने तेल आपूर्ति ठप्प पारेका हुन् ।
राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ, ट्यांकर चालक संघ र ट्यांकर व्यवसायीहरुले संयुक्त बिरोध गर्दै कामकाज ठप्प पारपछि आइतबार पेट्रोलियम पदार्थ भित्र्न सकेको छैन । त्यस्तै थानकोट र अमलेखगञ्जमा भण्डारण भएको तेलसमेत डिपोहरुमा पठाइएको छैन ।

महासंघका उपाध्यक्ष एवं वीरगञ्ज पेट्रोलियम ढुवानी संघका कार्यकारी अध्यक्ष सुरेन्द्र श्रीवास्तवले भारतबाट पेट्रोलियम पदार्थ नेपाल ल्याइपुर्याउँदा भारतीय सुरक्षा निकायले ज्यादती गर्ने गरेको बताए ।

उनले भने, ‘रक्सौलबाट सुनौली पुग्नै सकस हुन्छ, बल्ल बल्ल लोड गरेर फर्किदा निकै जाम हुने गरेको छ, अति प्रज्वलनशील पर्दाथ भएका कारण धेरै समय बाटोमा रोकेर राख्न मिल्दैन, त्यसमाथि अतिआवश्यक चिज पनि भएकाले छिटो हाम्रो डिपोमा पुर्याउनु हाम्रो बाध्यता नै हो । यस्तो अवस्थामा हाम्रा चालकहरुले हतार गर्दा त्यहाँको सुरक्षा निकायले पटक पटक हाम्रो चालकहरुलाई कुटपिट गर्ने गर्छन् ।’

इन्टरनेटको कारण देखाएर भारतीय भन्सारले २ दिन जति लगाउने गरेको श्रीवास्तव बताउँछन् ।

भारतबाट नेपाल मालसामान ढुवानीको प्रमुख नाका रक्सौलमा निकै भिडभाड हुने गर्छ । जसका कारण सगौलीदेखि रक्सौल पुग्न जाममा पर्दा ६ दिनभन्दा बढी लाग्ने गरेको चालकहरु बताउँछन् ।

नेपाली चालकहरुमाथि पटकपटक गरिने दुब्यहारलाई कुटनीतिक तहबाटै समाधान गर्नुपर्ने नेपाल आयल निगमका अधिकारीहरु बताउँछन् ।
समस्या समाधानका लागिआपूर्ति मन्त्रालय,राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ र निगमका अधिकारीहरुबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...