सुन तस्करीमा संलग्न प्रहरीका पक्षमा रमेश खरेल यसरी गर्जिए,तथ्यपरक छानबिन नभएको लगाए आरोप



नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन नसकेको बताएका छन्। गलत नियतले केही प्रहरीलाई मुद्दा चलाइएको उनीहरुले दाबी गरेका छन्।

पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी तथा पूर्वडिआईजी रमेश प्रसाद खरेलले आइतबार केही सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

पूर्व डिआईजी खरेलले सुन तस्करी प्रकरणमा जेल परेका केही प्रहरीमाथि अन्याय भएको बताए। सो घटनाको निष्पक्ष रुपमा अनुसन्धान हुन नसक्दा यसले प्रहरी संगठनलाई नै कमजोर बनाउने उनले बताएका छन्। संगठित किसिमको अपराधको शैली बुझेको प्रहरी नेतृत्वले समेत यसमा केही नबोल्नु प्रहरी महानिरीक्षकहरुको नालायकीपन भएको खरेलको आरोप छ।

सो प्रकरणमा पक्राउ परेका दिवेस लोहनी लगायत केही प्रहरी अधिकारीहरु निर्दाेष भएको दाबी गरे। ‘दिवस लोहनी जस्तो प्रवृत्तीमा भोली अनुसन्धानमा प्रहरी निकै कमजोर हुन्छ,’ उनले भने,‘यो घटनामा अर्काे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ।’

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक(सहसचिव ईश्वरराज पौडेल)मा अनुसन्धानको अनुभव नै नभएको भन्दै उनले निष्पक्ष अनुसन्धान गर्न नसकेको खरेलको दाबी छ। अनुसन्धान गर्ने सहसचिव इमान्दार भएको हुनसक्ने तर अनुसन्धान प्रक्रियाबारे जानकारी नहुँदा राम्रा प्रहरी अधिकारीमाथि अन्याय भएको उनको भनाई छ।

लोहनी रामो अधिकृत भएकाले उनलाई फसाउन उनकै ब्याचका अन्य प्रहरीहरु समेत लागेको हुनसक्ने खरेलको आशंका थियो।

पूर्व एआईजी भण्डारीले अन्डरकभर अनुसन्धानमा पैसाको डिल लगायत विभिन्न तरिका अपनाउने र त्यसकै आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाउनु गलत भएको बताए।
त्यस्तै पूर्व डिआईजी मल्लले अभियुक्तलाई पक्राउ गर्न पैसाको बार्गेनिङ गर्ने अनुसन्धान पद्धती भएको बताउँछन्।

कसरी अभियुक्त बने अनुसन्धान अधिकृत ?
सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्यापछि महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रतिज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शाक्यको शव धरानमा बरामद गरेको थियो। तर, त्यो शव विराटनगरमा बरामद भएको भनेर मुचुल्का गरिएको थियो। साथै घटना मिलाउन २ करोड रुपैयाँको डिल भएको दाबी गरिएको छ। तर, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई पक्राउ गर्न सो डिल भएको अनुसन्धान अधिकृतहरुको दाबी छ।

छानबिन समितिले गलत नियतले पैसाको दाबी गरेको भन्दै महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनी, डिएसपी केसी र सइ बालकृष्ण सञ्जेललाई समेत प्रतिवादी बनाएको थियो।

हत्यामा संलग्न नभएका सो समूहका दुई व्यक्तिलाई प्रतिवादी बनाएको तर मुख्य नाइके उप्रेतीलाई जोगाएको उजुरीका आधारमा गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको अनुसन्धानमा ५ वर्षदेखि सो समूहले विमानस्थानबाट सुन तस्करी आएको खुलेको थियो।

तस्करीमा सहयोग गरेको आरोपमा ६ प्रहरी अधिकारी पनि पक्राउ परेका छन्। उनीहरुले तस्करहरुसँग पैसा लिएको प्रमाण समेत भेटिएको थियो। तर, अनुसन्धानमा लापरबाही गरेकै आधारम तीन प्रहरीलाई प्रतिवादी बनाइएकोमा कतिपयले उनीहरुमाथि अन्याय भएको टिप्पणी गर्दै आएका छन्। खासगरी एसएसपी लोहनीको असल पृष्ठभुमीका आधारमा धेरैले त्यस्तो टिप्पणी गर्दै आएका छन्।

सो प्रकरणमा पक्राउ परेका लोहनी, केसी र सञ्जेल तीनै जना पुर्पक्षका लागि सनुसरीको झुम्का कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्