एकै दिनमा एक करोड ५० लाख सिध्याउन निजामति ट्रेड युनियनले गर्यो यस्तो कार्यक्रम,ओली कहाँ पुग्यो उजुरी



हाम्रो इकोनोमि

गाइजात्रा देखियो हिजो निजामति ट्रेड युनियनको कार्यक्रममा । चर्चा गरिएको थियो ट्रेड युनियनको भेलाको सम्बोधन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आउनेछन् । तर मन्त्री पण्डित उक्त कार्यक्रममा उपस्थित भइदिएनन् । ट्रेड युनियनप्रति पूर्ण नकरात्मक देखिएका मुख्यसचिव लोकदर्शन रेग्मीले पनि ट्रेड युनियनको निम्तालाई स्वीकारेनन् । सामान्य प्रशासनमन्त्री र मुख्य सचिव अनुपस्थित रहे पछि उक्त कार्यक्रममा कानुनमन्त्री शेर बहादुर तमाङलाई प्रमुख अतिथी बनाइयो र कार्यक्रम सुरु गरियो । तर लाजै मर्नु भयो उक्त कार्यक्रममा ।

भनिएको थियो केन्द्रीय भेला । टे«ड युनियनका एक नेताका अनुसार, युनियनको ७७ जिल्लामै संगठन छ । जबकि आधिकारिक ट्रेड युनियनका ७७ जिल्लामै संगठन छ । उर्दी जारी गरिएको थियो कि प्रत्येक जिल्ला र विभागीय समितिबाट ५ जनाका दरले अनिवार्य उपस्थिती हुन । उक्त हिसाबले ७७ जिल्लाबाट ३ सय ८५ जना प्रतिनिधि उपस्थिती हुन पर्न थियो भने ३२ विभागीय समितिका ५ जनाका दरले १ सय ६० जना गरी आधिकारिक ट्रेड युनियनका ५ सय ४५ जना उपस्थिती हुनु जरुरी थियो तर केन्द्रीय भेलामा टाउको गन्दा जम्मा ७७ जनाभन्दा बढी उपस्थिती रहेन । यसरी एक सय जना पनि उपस्थिती गराउन नसके पनि ट्रेड युनियनका नेताहरुले बाटामा भेटेकाहरुलाई समाउदै कार्यक्रममा लिएर गएको उराठलाग्दो दृश्य समेत देखियो ।
यसरी असारको मुखमा आधिकारिक ट्रेड युनियनको कार्यक्रम आयोजना गरिनुको मुख्य कारण थियो युनियनले पाउने बार्षिक बजेट सिद्धाउने ध्येय । स्रोतका अनुसार ट्रेड युनियनको बार्षिक बजेट एक करोड ५० लाख रकम छुट्टाइएको थियो । उक्त रकम सिद्धाउने ध्येयले नै सो कार्यक्रम आयोजना गरिएको नाम नलेख्ने शर्तमा ट्रेड युनियनकै एक जना नेताले सुनाए । प्रदेश र केन्द्रीय भेलाको बिल १ करोड ५० लाख रुपैयाँको पेश गरी भुक्तानी लिने प्रक्रिया सुरु भइसकेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...