एकै दिनमा एक करोड ५० लाख सिध्याउन निजामति ट्रेड युनियनले गर्यो यस्तो कार्यक्रम,ओली कहाँ पुग्यो उजुरी



हाम्रो इकोनोमि

गाइजात्रा देखियो हिजो निजामति ट्रेड युनियनको कार्यक्रममा । चर्चा गरिएको थियो ट्रेड युनियनको भेलाको सम्बोधन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आउनेछन् । तर मन्त्री पण्डित उक्त कार्यक्रममा उपस्थित भइदिएनन् । ट्रेड युनियनप्रति पूर्ण नकरात्मक देखिएका मुख्यसचिव लोकदर्शन रेग्मीले पनि ट्रेड युनियनको निम्तालाई स्वीकारेनन् । सामान्य प्रशासनमन्त्री र मुख्य सचिव अनुपस्थित रहे पछि उक्त कार्यक्रममा कानुनमन्त्री शेर बहादुर तमाङलाई प्रमुख अतिथी बनाइयो र कार्यक्रम सुरु गरियो । तर लाजै मर्नु भयो उक्त कार्यक्रममा ।

भनिएको थियो केन्द्रीय भेला । टे«ड युनियनका एक नेताका अनुसार, युनियनको ७७ जिल्लामै संगठन छ । जबकि आधिकारिक ट्रेड युनियनका ७७ जिल्लामै संगठन छ । उर्दी जारी गरिएको थियो कि प्रत्येक जिल्ला र विभागीय समितिबाट ५ जनाका दरले अनिवार्य उपस्थिती हुन । उक्त हिसाबले ७७ जिल्लाबाट ३ सय ८५ जना प्रतिनिधि उपस्थिती हुन पर्न थियो भने ३२ विभागीय समितिका ५ जनाका दरले १ सय ६० जना गरी आधिकारिक ट्रेड युनियनका ५ सय ४५ जना उपस्थिती हुनु जरुरी थियो तर केन्द्रीय भेलामा टाउको गन्दा जम्मा ७७ जनाभन्दा बढी उपस्थिती रहेन । यसरी एक सय जना पनि उपस्थिती गराउन नसके पनि ट्रेड युनियनका नेताहरुले बाटामा भेटेकाहरुलाई समाउदै कार्यक्रममा लिएर गएको उराठलाग्दो दृश्य समेत देखियो ।
यसरी असारको मुखमा आधिकारिक ट्रेड युनियनको कार्यक्रम आयोजना गरिनुको मुख्य कारण थियो युनियनले पाउने बार्षिक बजेट सिद्धाउने ध्येय । स्रोतका अनुसार ट्रेड युनियनको बार्षिक बजेट एक करोड ५० लाख रकम छुट्टाइएको थियो । उक्त रकम सिद्धाउने ध्येयले नै सो कार्यक्रम आयोजना गरिएको नाम नलेख्ने शर्तमा ट्रेड युनियनकै एक जना नेताले सुनाए । प्रदेश र केन्द्रीय भेलाको बिल १ करोड ५० लाख रुपैयाँको पेश गरी भुक्तानी लिने प्रक्रिया सुरु भइसकेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...