प्रहरीको बढुवामा प्रधानमन्त्री देखी यस्ता पहुँचवालाको घिनलाग्दो चलखेल,कसले बोकेकै भरमा क-कसको भयो बढुवा



‘चेन अफ कमाण्डमा’ चल्ने प्रहरी संगठनमा हुने वृत्ति विकास निश्चित मापदण्डमा हुनुपर्ने भएपनि पटक–पटक यसलाई मिच्ने गरिएको छ ।

पछिल्लो पटक एसपी बढुवामा पनि राजनीतिक दल र उच्च पदस्थ सरकारी अधिकारीका भाई–भतिजालाई टिपेर बढुवा गरिएपछि संगठनभित्र असन्तुष्टि चुलिएको छ ।

शनिवार राती नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) र प्रहरी नायव उपरिक्षक (डीएसपी) बढुवामा विभेद गरिएको भन्दै कत्तिपय उच्च प्रहरी अधिकारीले असन्तुष्टी जनाएका छन् ।

बढुवा समितिले बरियतालाई लत्याएर राजनीतिक दवावमा प्रहरी अधिकृतहरुलाई बढुवा गरेको पाईएको छ ।
शनिवार राती प्रकाशित बढुवा सिफारिस सूचिको एक नम्बरमा बढुवा भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) अच्युत पुडासैनी बढुवा समितिका अध्यक्ष सह–सचिव हरि पुडासैनीको भाई रहेको पाईएको छ ।

इन्सपेक्टरबाट डीएसपी बढुवा हुँदा पुडासैनी ३५ नम्बर बरियतामा रहेका थिए । ३५ नम्बर बरियातमा रहेका पुडासैनी एक नम्बरमा बढुवा हुँदा एक नम्बर बरियतामा रहेकी गंगा पन्तलाई १५ नम्बरमा धकेलिएको छ ।

प्रहरी संगठनबाट अवकास पाउने मुखमा रहेका डीएसपी प्रताप कुमार गुरुङ दोस्रो नम्बरमा बढुवा भएका छन् । करिब ६ महिनापछि अनिवार्य अवकास पाएर घर जान लागेका गुरुङलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चाहनामा बढुवा गरिएको स्रोतको भनाई छ ।

प्रताप कुमार गुरुङ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बाको भाई नाता पर्छन् ।

उनी असअघि ३५ नम्बर भन्दा पछाडि थिए ।

बढुवाको पहिलो नम्बरकी दाबेदार गंगा पन्तलाई १५ नम्बरमा धकेलेको समितिले यसअघि ३ नम्बरमा रहेका विश्व अधिकारीलाई सोही स्थामा एसपी बढुवा सिफारिस गरिएको छ ।

‘विश्व अधिकारी अख्तियार प्रमुख नविन घिमिरेको दवावमा टप थ्रीमा बढुवा सिफारिस भएका हुन्’ प्रहरीका एक उच्च अधिकृतले भने, ‘बढुवाको लागि शक्तिकेन्द्रको ढोका नधाए छुटिन्छ भन्ने कुरा पछिल्लो बढुवाबाट पुष्टि भएको छ ।’

२०६७ साल पुस २३ गते इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएको यो ब्याचमा राम्रा अफिसर मानिने रमेश कुमार बस्नेत भने बढुवा हुनबाटै छुटेका छन् ।

बढुवा बरियाताको १० नम्बरमा रहेका बस्नेत र १५ नम्बमा रहेका हीराबहादुर पाण्डे पनि बढुवा हुनबाट बञ्चित भएका छन् ।
ब्याचका कुल ४८ मध्ये २० डीएसपी बढुवा हुनबाट छुटेका छन् । जसमा प्रहरी जवानमा भर्ना भएर ‘कम्युनिटी पुलिसिङ’मा पिएचडी गरेका डा.मेख बहादुर खत्री, रविन्द्र रेग्मी लगायतका छन् ।

प्रमोशन बरियताको दुई नम्बरमा रहेका सबिन प्रधान ११ नम्बरमा पुगेका छन् ।
४ नम्बरमा रहेका सोमेन्द्रसिंह राठौरलाई ९ नम्बरमा धकेलिएको छ ।

नेपाल प्रहरीमा काविल अफिसरको छवि बनाएका आभुषण तिम्सिनालाई बढुवा समितिले २२ नम्बमा बढुवा सिफारिस गरेको छ । पाँच नम्बर बरियातामा रहेका दीपकराज खरेललाई पनि २४ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।

समितिले बढुवा बरियाताको ३० नम्बरभन्दा तल रहेका सात जनालाई बढुवा गर्दै वीचका अफिसरलाई अन्याय गरेको छ ।

रोचक कुरा त केछ भने, बढुवा बरियताको ४०औं नम्बरमा रहेका कृष्णबहादुर पल्लीमगर १३ नम्बरमा बढुवा भएका छन् ।

पल्लीमगरलाई गृहमन्त्री राम बहादुर थापाले अगाडि सारेको बताइएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजनीतिक नेतृत्वले दवाव दिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

कार्यक्षमतामा कमजोर मानिने डीएसपी सानुराम भट्टराईलाई प्रधानमन्त्री केपी ओलीको दवावमा ४ नम्बरमा बढुवा गरिएको छ । भट्टराई प्रधानमन्त्री ओलीका सुरक्षा अधिकारी हुन् ।

प्रहरीभित्र जसले जत्ति राम्रो काम गरेपनि गृहमन्त्री र नेताको दवावमा प्रहरी प्रमुखले दिने ‘विशेष चुनौती बापतको अंक’ मा चलखेल गरेर नराम्रा माथि आउने र काविल तल धकेलिने गरेको पाइन्छ ।

‘आईरन गेट राखेर छनोट गर्ने बिधिमा नै सुधार गर्नपर्छ’ पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘विशेष चुनौती बापतको अंकमै चलखेल गर्ने ठाउँ छ, प्रहरी महानिरीक्षक बलियो भएमा ठीक थियो । तर, त्यो नहुँदा समस्या देखियो ।’

प्रहरी नियमावलीले इमान्दार मान्छेलाई घुस्याहा हाकिमले नम्बर कम दिन्छ भन्ने सिद्धान्तका आधारमा चुनौतिपुर्ण बापतको नम्बर दिने स्वविवेकिय अधिकार प्रहरी महानिक्षकलाई दिईएको छ । तर, महानिरीक्षकले आफ्नो हातमा रहेको ५ नम्बर शक्तिकेन्द्रका मान्छेलाई माथि ल्याउन त्यहिँ नम्बरको दुरुपयोग गर्न थालेपछि यस्तो समस्या सिर्जना भएको जानकारहरु बताउँछन् ।

‘नियतमा ठीक नभएपछि नीतिमा सुधार गरेर केही नहुँने रहेछ भन्ने कुरा प्रमाणित भएको छ’ पूर्व एआईजी भण्डारी भन्छन्, ‘हाकिमप्रति अफिसरहरु उत्तरदायी होउन भन्ने प्रवृत्तिको शुरुवात त गरियो । तर, पूर्णरुपमा भरपर्दा पनि अन्याय हुन्छ, करेक्सन गर्ने कसरी भन्ने प्रश्न उठेको छ ।’

इन्सपेक्टर बाट डिएसपी बढुवामा पनि अन्याय भएको भन्दै असन्तुष्टि चुलिएको छ ।

गृहमन्त्री रामबहादुर थापाल बादलले सिन्डीकेट अन्य गर्ने लगायतका राम्रो कामको शुरुवात गरेपनि प्रहरीको अधिकृतहरुको वृत्ति विकासमै हस्तक्षेप गर्न थालेपछि संगठनको गतिशिलतामाथि नै असर पर्ने देखिएको छ ।

पछिल्लो बढुवाबाट ‘संगठनको भर परेर केही हुँदैन नेताकोमा जानुपर्छ’ भन्ने मान्यता जबर्जस्त स्थापित भएको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्