तस्करीको ३३ किलो सुन लुट्ने छिरिङ्गले अदालत पुगेर यसरी गरे आत्मसमर्पण



हाम्रो इकोनोमि

सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसमर्पण गरेका छन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका हुन्।

उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्। अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ।
अर्का लगानीकर्ता मोहन अग्रवालसँग उनको विवाद भएको थियो। सोही कारण उनले नै सुन लुटेको आशंका गरिएको छ। जिल्ला अदालतमा उनको बयान सुरु भइसकेको छ।

सो समूहका चुडामणि उप्रेती ‘गोरे’ लगायतका व्यक्तिहरुले घलेले नै सुन लुटेको आंशका गरेका छन्। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पुरानो बानेश्वरबाट लुटिएको थियो। जुन सुन अहिलेसम्म भेटिएको छैन।
सोही सुन लुटेको आशंकामा सनम शाक्यको हत्या भएको थियो। शाक्य हत्याको अनुसन्धानमा भएको चलखेलको थप अनुसन्धान गर्ने क्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट हुँदै आएको सुन तस्करीको रहस्य खुलेको हो।

फरार रहेका निलम्बित एसएसपी श्याम खत्रीले  बिहिबार आत्मसर्मपण गरेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ।

तस्करीमा संलग्न ३० जना जेल चलान भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...