प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन ओली र उपेन्द्रको भयो यस्तो सहमति,नेकपाका नेता बन्ने भए मुख्यमन्त्री



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ को सत्ता समीकरण फेर्ने विषयमा आन्तरिक सहमति भएको छ ।

बालुवाटारनिकट उच्च स्रोतका अनुसार शनिबार अबेर राति दुई नेताबीच भएको समझदारी अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवं तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । यो सहमति केन्द्रको बजेट पारित तथा प्रदेशमा बजेट पठाएपछि कार्यान्वयनमा आउनेछ। त्यतिबेलासम्म भने राउत नै पदमा रहनेछन् ।

यो सहमतिसँगै राजपालाई सरकारबाट आउट हुने निश्चित भएको छ । अब प्रदेशमा नेकपा र फोरमको सरकार हुनेछ। केन्द्रमा पनि संविधान संशोधनको लिखित सहमति सहित फोरम सरकारमा सहभागी भइसकेको छ। यसैअनुसार प्रदेशमा पनि सहकार्यको वातावरण बनेको छ । नेकपाले मुख्यमन्त्री बनाउन लागेका सत्यनारायण मण्डल तत्कालिन एमालेका प्रदेश प्रमुख समेत थिए । उनी मधेसमा चर्चित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...