ओलीले नचाहदा पनि प्रचण्डले लतारेर उपेन्द्र यादवलाई सरकारमा ल्याएको यसरी खुल्यो यस्तो रहस्य



हाम्रो इकोनोमि

७ वर्षपछि उपेन्द्र यादव सरकारमा सहभागी भएका छन् । धेरैलाई आश्चर्य तुल्याउँदै यादवले पूनः सत्तारोहण गरेका हुन् । उनको सत्तारोहणसँगै अहिले एउटा प्रश्न उब्जिएको छ–उपेन्द्रलाई सरकारमा ओलीले कि प्रचण्डले सहभागी गराएको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री चाहना राजपा र फोरमलाई सँगसँगै सरकारमा लिएर जाने थियो ।

पछिल्लो समय एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नयाँ राजनीतिक अवस्था सिर्जना भयो । यो बीचमा नेकपाका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवबीच धेरै पटक भेटवार्ता भएको थियो । भेटमा उनीहरुबीच समग्र राजनीतिक परिस्थिति र फोरमलाई सरकारमा सहभागी गराउनेबारे छलफल केन्द्रित थियो । र, दुई नेताहरुबीचको भेटवार्ता परिणाममा समेत देखियो । प्रचण्डकै कारण उपेन्द्र सरकारमा सहभागी भएका हुन् ।

हुन त प्रचण्ड उपेन्द्रलाई पहिलो चरणमै सरकारमा ल्याउन चाहन्थे । उनको चाहनामा ओली बाधक बनेका थिए । ओली प्रधानमन्त्री बनेपछि फोरमपनि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, उपेन्द्रले उपप्रधानमन्त्री माँगेका थिए । उपेन्द्रलाई उपप्रधानमन्त्री दिन प्रचण्ड समेत राजी थिए ।

एमाले र माओवादी केन्द्रबीच धेरै पापड पेलिसकेपछि एकता सम्भव भएको थियो । दुई पार्टीबीच एकता भएसँगै प्रचण्डले उपेन्द्रलाई सरकारमा ल्याउनुपर्छ भनेर प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए । उपेन्द्र यादवको सत्तारोहणसँगै अब संविधान संशोधनको लागि दुई तिहाईको स्पष्ट बहुमत वर्तमान सरकारसँग छ ।

उपेन्द्र र प्रचण्डबीच धेरै पहिल्यैदेखि नै केमेष्ट्री मिलेको छ । यी दुवै नेताको लाईन भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख रहने प्रणाली नै हो । अब संविधान संशोधनको लागि दुई तिहाईको मत पुगेको छ ।

भविष्यमा राष्ट्रपतीय पद्धतीमा जाँदा प्रचण्ड बलियो हुने सम्भावना छ । ७ वर्षपछि उपेन्द्रलाई सत्तामा पुर्याउन प्रचण्डको ठूलो साथ र सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...