दुई उप-प्रधानमन्त्री र दुई मन्त्रीले राष्ट्रपति बाट खाए सपथ,राज्यमन्त्रीको मन्त्रीमा भयो बढुवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।
संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोखरेल मात्र उपप्रधानमन्त्री बनेका छन् ।

बास्कोटाको बढुवा

मो. इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राई संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...