३८ सय किलो सुन तस्करीका नाइके एसएसपी खत्रीले बयानमा प्रधानमन्त्री ओलीको नाम यसरी लिए



हाम्रो इकोनोमि

सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्रीसमेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन्।

तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू सेवामा रहँदा धेरै पुरस्कार पाएको उल्लेख गरेका हुन्।

“म सेवामा रहँदा धेरै पुरस्कार पनि पाएँ। राष्ट्रपतिबाट पाउने प्रवल श्री चौथो पुरस्कार पनि पाएको छु”, उनले बयानमा भनेका छन्, “रेकर्डमा जनिने गरी दश चोटी पुरस्कार पनि पाएको छु। अहिलेका प्रधानमन्त्री समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।“

बयानको अ‌ंश

उनले आफ्नो बयानमा भित्रैबाट आफूलाई फसाउँन लागिपरेको आरोप लगाएका छन्। “म अलिक छुच्चो मानिस भएको हुँदा हाल आएर यस्तो मुद्दा समेत खेप्नु पर्योा। मलाई अहिले पनि भित्रबाटै फसाउन लागिपरेका छन्”, उनले भनेका छन्।

एसएसपी खत्री मुद्दा दर्ता भएपछि फरार भएका थिए। उनीविरुद्ध मंगलबार प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेपछि उनी आफैले अदालतमा सरेन्डर गरेका हुन्।

मुद्दामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीकै लाइनबाट विमानस्थलबाट सुन बाहिरिने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुनको ५० हजार रुपैयाँ कमिसन लिने गरेको र ५ सय किलोसम्म सुन तस्करी भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...