रक्षा नेपाल नामको सस्था खोलेर युवती सप्लाई गर्ने मेनुका थापा यसरी पर्दैछिन फन्दामा,खोरमा जाक्ने तयारी



हाम्रो इकोनोमि

सामूहिक बलात्कारबाट पीडित रक्षा नेपालमा आश्रित किशोरी पूजा बोहोराले पत्रकार सम्मेलनमार्फत आफूले भोगेको पीडा र यातनाको पोल खोलेपछि संस्थाकी अध्यक्ष मेनुका थापाले आफूलाई चोखो सावित गर्न झुटो प्रपञ्च रचेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा मेनुकाले कुटपिट गरी संस्थाबाट निकालिएकी पूजा बोहोरा र उनलाई आश्रय दिएका प्रदिप घिमिरे विरुद्ध खोजी गरी पाउँ भन्दै झुटो उजुरी हालेकी छन् ।

तर, परिसरमा विहिबार बोहोरा र उनकी साथी मानुषी शर्मा र घिमिरे आफै उपस्थित भएर उल्टै मेनुका विरुद्ध जाहेरी दिएपछि मेनुकाको झुटको खेती बाहिर आएको छ । प्रहरीले रक्षा नेपालाई बयानका लागि बोलाउँदा समेत मेनुका भने मोवाइल स्वीच अफ गरी फेसबुकमा स्टाटस पोष्ट गर्दै बसेकी छन् । मानुषी पनि पूजाका झैं संस्थाबाट निकालिएकी किशोरी हुन् ।

संस्थाकी अध्यक्ष मेनुकाले पत्रकार सम्मेलन मार्फत पूजालाई मानसिक सन्तुलन ठिक नभएको, उसको पछाडि कुनै व्यक्ति वा संस्था रहेको र उक्साहटमा सो कार्य गरेको आरोप लगाएर आफूलाई चोखी सावित गर्ने तयारी गरेको स्रोतले बतायो ।

मेनुकाले उल्टै फसाउन षड्यन्त्र गरेको थाहा पाएपछि पीडित पूजाले भनिन्,‘मलाई जे भने पनि फरक पर्दैन, म पुरै होसहवासमा छु । यदि मेरो अबस्था ठिक छैन भने मैले कसरी कोरियामा गोल्ड मेडल पाएँ ? कसरी मैले प्लस टु फस्ट डिभिजनमा पास गरे ? यि कुरा प्रमाणका रुपमा होलान् नि ।’

प्रहरीले बयानका लागि बाेलाउँदा समेत नगएकि संस्थाकी अध्यक्ष मेनुकाले अटेर गरेको खण्डमा उनलाई पक्राउ गर्ने तयारी समेत गरेको छ । पूजाको मोवाइल र फेसबुक समेत कब्जा गरी आफै चलाउँदै आएकी मेनुकामाथि साइबर क्राइममा समेत मुद्दा चल्ने अवस्था देखिन्छ । मेनुकाले संस्थामा आश्रीत अन्य बालबालीकाहरुको पनि फेसबुक र मोवाइल प्रयोग गरी दुरुपयोग गरेको यस अघि पूजाले पत्रकार सम्मेलन मार्फत बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...