पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो(मृतक र घाइतेको नामसहित)



हाम्रो इकोनोमि

पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरु रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणका लागि हिँडेको लु २ त ९७५ नंको बस दुर्घटनामा परेको हो।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृतकमध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा मृत्यु भएको हो। अन्यको भने घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको तानसेन मिसन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

मृत्यु हुनेहरुको नाम
१ विष्णुमान बज्राचार्य तानसेन ४
२ देवेन्द्रलाल प्रधान तानसेन ३
३ कृष्णमान बज्राचार्य तानसेन ३
४ छत्रमान शाक्य तानसेन ३
५ सुशीलप्रसाद श्रेष्ठ तानसेन ६
६ कृष्णबहादुर बोहोरा तानसेन ४
७ दुर्गाबहादुर सारु तानसेन ६
८ लोकनाथ ढकाल तानसेन २
९ वसन्ती खाँण तानसेन ३
१० गीता बुढाथोकी तानसेन ६
११ कमला कार्की तानसेन ३
१२ सचिन बज्राचार्य तानसेन ६
मृतक एक जना महिलाको नाम खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...