ओली सरकारमा थपिए दुई मन्त्री,आजै पाँच बजे सपथ



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी हुने भएको छ। फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए। त्यस्तै २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए।

शहरी विकास मन्त्रालयकाे जिम्मेवारी सम्हालेका मोहम्मद इश्तियाक रार्इले ३१ वर्षकै उमेरमा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट आज ५ .०० बजे शितल निवासमा दुई जनाले मन्त्रीको सपथ लिँदैछन् । उपेन्द्र यादव स्वास्थ्य मन्त्री र इस्तियाक राईन शहरी विकास मन्त्री बन्ने निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...