पाल्पामा बस पल्टियो,पाँच जना ठहरै,१२ को अबस्था गम्भीर



हाम्रो इकोनोमि

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुघटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ यात्रु घाइते भएका छन्।

घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी प्रवीण आर्चायका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। बसमा १७ जना यात्रु रहेको प्रहरीको भनाई छ।

तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका  प्रतिनिधिहरु अवलोकन भ्रमणमा हिँडेका थिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अप्ठेरो भीर र पानी परेकोले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...