पाल्पामा बस पल्टियो,पाँच जना ठहरै,१२ को अबस्था गम्भीर



हाम्रो इकोनोमि

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुघटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ यात्रु घाइते भएका छन्।

घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी प्रवीण आर्चायका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। बसमा १७ जना यात्रु रहेको प्रहरीको भनाई छ।

तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका  प्रतिनिधिहरु अवलोकन भ्रमणमा हिँडेका थिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अप्ठेरो भीर र पानी परेकोले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...