खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने राष्ट्रपतिको उद्घोष



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण गरिदिन सरकारको पनि ध्यानाकर्षण गराइन् ।

बिहिबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रिय खेलकुद परिषद र मातहतका विभिन्न खेलसँग सम्बन्धित संघ, संस्थाहरुले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनँले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा समेत एकपछि अर्को सफलता प्रात गर्दै गएकोमा खुसी समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रले मुलुकको राष्ट्रिय एकता र अनुशासनलाई बलियो बनाउने र अन्तराष्ट्रिय क्षेत्रमा पनि राष्ट्रको पहिचान दिन महत्वपूर्ण योगदान दिने पनि स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले विज्ञ भएको नाताले खेलकुद क्षेत्रको विकासमा आवश्यक योजना तय गर्न पनि खेलसम्वद्ध संघ, संस्थाहरुसँग आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

त्यस क्रममा उनले राष्ट्रपति भण्डारी समक्ष खेलकुद क्षेत्रको वर्तमान अवस्थाको बारेमा पनि बिफ्रिङ गरेका थिए ।

मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुको अपेक्षा अनुसार काम गर्न सरकार लागि परेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...