सर्टिफिगेट धितो राखेर यसरी पाइन्छ ७ लाख ऋण,ऋण नतिरे ओली सरकारले यस्तो कारबाही गर्ने



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजानिक गरेको बजेटमा अध्ययनका लागि विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ७ लाख रुपैयाँसम्म ऋण पाउने छन् । र, यस्तो ऋणको ब्याज ५ प्रतिशत मात्रै हुनेछ ।

यो कार्यक्रम बजेटमा पहिलोपटक भने आएको होइन । आर्थिक वर्ष २०७३÷०७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको बजेटमा उल्लेख भएको कार्यक्रमको निरन्तरता मात्रै हो । त्यसबेला खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । बजेट निर्माणमा उनको सक्रिय सहभागिता थियो ।

जे भए पनि सरकारले नै थप अध्ययनका लागि प्रमाणपत्र धितोमा ऋण मिलाइदिने घोषणा गरेपछि लाखौं विद्यार्थीहरु खुसी भएका छन् । पैसा नभएकै कारण अध्ययन पूरा गर्न नसकिरहेकाहरुलाई त सरकारको यो कार्यक्रमले निकै ठूलो राहत दिन्छ ।

कसरी पाइन्छ ऋण ?

अर्थमन्त्री खतिवडाका अनुसार अब विद्यार्थीहरुले थप अध्ययनका लागि प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाउने छन् । ७ लाख रुपैयाँ ऋण पाउनका लागि स्नात्तक पास गरेको हुनुपर्छ । कनिभने यो ऋण जुनसुकै विषयमा स्नात्तकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई मात्रै दिइन्छ । ५ प्रतिशत ब्याजमा विद्यार्थीले ऋण पाउने व्यवस्था मिलाउनका लागि सरकारले कार्यविधि बनाएर बैंकहरुलाई ब्याज अनुदान पनि दिन्छ ।

‘यसरी बैंकले प्रवाह गरेको ऋणको बीमा कम्पनीहरुले बीमा गरेका हुन्छन्, त्यसैले बैंकहरुलाई आफ्नो लगानी डुब्छ कि भन्ने चिन्ता पनि भएन,’ बजेटको ब्रिफिङ गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले प्रष्ट पारे ।

सरकारले देश र जनताको पक्षमा काम गर्दा कसैले असहयोग गर्छ भने त्यसलाई नछाड्ने चेतावनी पनि अर्थमन्त्रीले दिए ।

ऋण नतिरे के हुन्छ ?

अर्थमन्त्री खतिवडाका अनुसार यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको ऋण यदि कसैले तिरेन भने कडाभन्दा कडा कारबाही गरिनेछ ।

‘कसैले ऋण तिरेन भने सरकारले उसको पासपोर्ट रोक्का गर्छ, चुनाबमा भोट हाल्न दिँदैन, प्रमाणपत्र जफत गर्छ,’ उनले भने, ‘त्यतिमात्रै होइन, राज्यबाट पाउनुपर्ने सबै प्रकारका सुविधाबाट त्यो व्यक्ति बञ्चित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...