ओली र प्रचण्डले पठाए २१ पेजको अन्तरपार्टी सर्कुलर, सातै प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन, यस्तो छ निर्देशन



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् ।

पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । अन्तरपार्टी निदेृशनमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने जनाइएको छ । तर मुख्य सचिवालय धुम्बाराहीमा रहनेछ ।

दुवै कार्यालयमा अध्यक्ष तथा महासचिवको कार्यकक्ष रहने र केन्द्रीय सचिवालय धुम्बाराहीमा रहने तथा केन्द्रीय विभागहरु पेरिसडाँडामा रहने निर्णय भएको अन्तरपार्टी निर्देशन (सर्कुलर)मा उल्लेख छ ।

त्यस्तै ६ सदस्यीय स्थायी आमन्त्रित सदस्यमा दुईजना थपिएको छ । यसअघि अमृत बोहरा, अमिक शेरचन, केशव बडाल, सोमनाथ अधिकारी प्यासी, पुष्प कँडेल र पेशल खतिवडा केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटी बैठकमा सहभागी हुने गरी स्थायी आमन्त्रित सदस्य तोकिएका थिए । टंक राई र निर्मला देवकोटा पनि थपिएका छन् ।

नेकपाले तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण सम्पन्न गर्न सातै प्रदेशमा कार्यदल गठन गरेको छ । जस अनुसार प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले रहेको कार्यदल बनेको छ ।

प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह कार्यदलमा रहेका छन् । त्यस्तै प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल रहेका छन् ।

प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी कार्यदलमा छन् । प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहेको कार्यदल गठन भएको छ ।

प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यमलाल कँडेल र मायाप्रसाद शर्मा रहेको एकता कार्यदल गठन भएको छ भने प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेको कार्यदल गठन भएको छ ।

प्रवासका कमिटीहरु एकीकरण गर्न नारायणकाजी श्रेष्ठ,विन्दा पाण्डे,युवराज कार्की र टेकबहादुर पाठक रहेको कार्यदल गठन भएको छ । जिल्ला कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने कार्यदल बैठकमा भने साबिक एमाले र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा अध्यक्षहरुलाई पनि सदस्यका रुपमा सहभागी गराउन निर्देशन दिइएको छ ।

पार्टी एकता गर्ने यी कार्यदलले प्रदेश तथा जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गरेर केन्द्रमा पठाउनुपर्ने कार्यादेश दिइएको छ ।

प्रदेश संगठन कमिटीमा केन्द्रीय कमिटीका सदस्यको नाम समावेश नगर्नसमेत कार्यदललाई निर्देशन दिइएको छ । कमिटीका लागि पदाधिकारी तथा सदस्यहरुको छनौट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउन सर्कुलर गरिएको छ ।

यी कार्यदललाई १५ दिनभित्र काम सम्पन्न गरेर केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यसैगरी जनवर्गीय संगठनहरु एकीकरण गर्न पनि दुवै पक्षका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्