६ दिने चीन भ्रमणमा ओलीले के-के गर्दैछन्? यस्ता सम्झौता हुदैछन्



प्रधानमन्त्री बनेको चार महिनापछि केपी ओली असारको पहिलो साता छिमेकी मुलुक चीन जाने निश्चित भएको छ।

सन्तुलित बैदेशिक सम्बन्ध स्थापित गर्न चाहेको बताउने प्रधानमन्त्री ओलीले भारत भ्रमणको दुई महिनापछि चीन जान लागेका हुन्।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार ६ दिने भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओली चीनसँग भएका दुई पक्षीय परियोजना, लगानी र व्यापारबारे छलफल गर्ने तयारीमा छन् ।

‘यस अघि चिन भ्रमणमा भएका परवाहन, यातायात र स्वतन्त्र व्यापार सम्झौतालाई कसरी र कहिलेसम्म कार्यान्वयन गर्ने भन्नेमा टाइमलाइन नै माग्ने तयारीमा यसपाली प्रधानमन्त्री जुट्नु भएको छ’, परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘भारतसँग भएका दुई पक्षीय सम्झौता कार्यान्वयमा पनि उहाँले त्यसैगरी छलफल गर्नु भएको थियो ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँचो मिलाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहित परराष्ट्रका उच्च कर्मचारी गत वैशाख तीन गते चीन गएका थिए।

समकक्षी वाङ वीको निमन्त्रण चीन पुगेका ज्ञवालीले निकट भविष्यमै हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने दावी गरेका थिए।

भारतले नाकाबन्दी लगाएको केही समय पछि चीन भ्रमणमा पुगेका प्रधानमन्त्री ओलील नेपालमा आयात हुने कुल इन्धन मध्ये ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सम्झौता गरेका थिए।

नेपालले चीनसँग तेस्रो मुलुकसँग व्यापार गर्ने क्रममा बन्दरगाह प्रयोगका लागि गरेको प्रस्ताव नेपाल र चीनबीच आदानप्रदान भइसकेको छ।

सम्झौता अनुसार नेपालले चीनका ६ वटा बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो, जुन अझै विचाराधिन रहेको स्रोत बताउँछ ।

त्यो बेला नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भनिएको भएपनि त्यो हुन सकेको थिएन ।

यसपटकको प्रधानमन्त्री ओलीको चीनसँग उक्त सम्झौता हुन सक्ने संभावना प्रवल छ, किनकी सम्झौताका लागि नेपाली पक्षले संयुक्त सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिसकेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीको यसपटकको चीन भ्रमणमा तातोपानी नाका खोल्ने, बेल्ट एण्ड रोड इनिसियटिभ (बीरआरआई)को पूर्वाधार तयार गर्ने, अन्तरसरकारी समिति गठन गर्ने, नाकामा सुख्खा बन्दरगाह निर्माण गर्ने, दुवै मुलुकको कारोवार बैंकिक प्रणाली, नेपाल र तिब्बतसँग जोड्ने बैकल्पिक मार्ग निर्माण गर्ने लगायत दर्जनौं एजेण्डामा विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्रालयका प्रवक्त भरत पौडेलले भने प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा अझै पूर्णरुपमा तय भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्