३८ सय किलो सुन तस्करीका सरदार एसएसपी श्याम खत्रीको बयान सकियो,थुनछेक बहस सुरु



हाम्रो इकोनोमि

करिब ३८ सय किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको थुनछेक बहस सुरु भएको छ।

खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए। उनीमाथिको थुनछेक बहस आजैबाट सुरु भएको हो। २९ जना अभियुक्त जिल्ला अदालतको आदेशले थुनामा गएपछि सुन तस्करीका मुख्य आरोपीमध्ये एक खत्रीले अदालतमा आफै आत्मसमर्पण गरेका हुन्। प्रहरीले उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस समेत जारी गरेको थियो।

करिब ४ घन्टा बयान लिँदै जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको थुनछेक बयान सुरु भएको जिल्ला अदालतले जनाएको छ। खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गर्दैछन् भने सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद ढकाल छन्।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो संलग्नता खुल्ने अपेक्षा गरिएको छ।

सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले खत्री विमानस्थलमा रहँदादेखि सम्पूर्ण सुन भित्राउने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको पनि गोरेले बयान दिएका थिए। खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयानमा उल्लेख छ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ। उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन्।

यसअघि साढे ३३ किलो सुन तस्करीमा जिल्ला अदालतमा खत्रीविरुद्ध यसअघि मुद्दा दायर भएको थियो। जिल्ला अदालतले उनलाई धरौटीमा छोडेपछि महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको पुनरावेदन हाल सर्वोच्चमा विचाराधीन रहेको छ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...