मानव तस्करीको अभियोग लागेका आख्तियारका पूर्व प्रमुख दीप बस्नेतका छोरा फरार,यस्तो छ नालीबेली



हाम्रो इकोनोमि

याक्खा ओभरसिजका कर्मचारीद्वारा प्रहरीसमक्ष सरकारले तोकेभन्दा बढी शुल्क लिएर १० हजारको रुपैयाँको मात्र रिसिभ काट्ने गरेको बयान दिई ठगी गरेको स्वीकार्दा समेत सम्बन्धित निकायबाट सञ्चालक भीमबहादुर रोक्कालाई धरौटीमा रिहा भएका छन्  । म्यानपावर कम्पनी सञ्चालक रोक्का तीनवटा कम्पनीका मालिक हुन् ।

सोमध्ये मोर्गान नामको कम्पनीमा कार्यरत लेखा विभागकी कर्मचारी २८ वर्षकी विनीता महर्जनले भनेकी छिन्,‘विदेशमा जाने कामदार कुन काममा जान्छन् थाहा नहुने तर प्रतिव्यक्ति ५० हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म असुली गरी १० हजार रुपैयाँको मात्र रिसिभ काट्न निर्देशन दिएकाले सोहीअनुसार बिल काट्ने गरेका छौँ ।’१० हजारको मात्र रिसिभ काट्नु भन्दै सञ्चालकले निर्देशन दिएकाले सोहीअनुसार हामीले काम गरेको बयान प्रहरीसमक्ष दिएपछि सञ्चालक रोक्कालाई साधारण धरौटीमा छोड्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउँदा करोडौं ठगी गरेको आरोपमा पक्राउ परेका रोक्का दुई लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । सो कम्पनीका अर्का सञ्चालक कमल बस्नेतलाई भने अहिलेसम्म खोजी समेत भएको छैन । उनी सोही कम्पनीमार्फत रोक्का प्रहरी कष्टडीमा पर्दा कामदार पठाउने कार्यमा व्यस्त रहेका थिए । प्रहरीले रोक्कालाई ठगी तथा अवैध रकम असुलीको आरोपमा गत बिहीबार पक्राउ गरेको थियो । रोक्काले अख्तियारका पूर्वकार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको छोरा कमल बस्न्यातसँग पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका हुन् ।

रोक्काका पार्टनर तथा तथा अख्तियारका पूर्वप्रमुख दीप बस्नेतका छोरा कमल बस्नेत भने फरार रहेका छन् । फरार रहेको बस्नेतलाई पक्राउ नगरी रोक्कालाई धरौटीमा रिहा गरिएको हो । रोक्कालाई छाड्न अख्तियारका पूर्वकार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यात र प्रहरी उच्च अधिकारीले तल्लो तहका प्रहरीलाई दबाब दिएका थिए । रोक्कालाई छिटो छुटाउन आइतबार जसरी पनि मुद्दा पेस गर्न भनेर एक उच्च प्रहरी अधिकारीले काठमाडौं महानगरीय परिसरलाई निर्देशन दिएको बताइएको छ । प्रहरीले रोक्कालाई मंगलबार सरकारी वकिलको कार्यालयमा बुझाएको र सरकारी वकिलको कार्यालयले प्रहरीले कार्यक्षेत्रबाहिरको मुद्दा हेरेको भन्दै वैदेशिक रोजगार विभागमा पठाएको थियो ।

विभागले रोक्कालाई धरौटीमा रिहा गरेको हो । गत बिहीबार पक्राउ परेका रोक्कालाई शुक्रबार नर्भिक अस्पतालको सुविधासम्पन्न ‘सुइट’मा भर्ना गरेर राखिएको थियो । उनी शेष मुस्ताफाको उजुरीमा पक्राउ परेका थिए । रोक्काले मलेसिया जान लागेका मुस्ताफासँग एक लाख ३५ हजार रुपैयाँ लिएका थिए र १० हजारको सिसिभ थमाएका थिए ।
सोही प्रकरणमा प्रहरीले याक्खा ओभरसिजकी प्रमुख लेखापाल विनिता महर्जनसँग पनि बयान लिएको थियो । उनले बयानको क्रममा सञ्चालक रोक्काको निर्देशनमा मलेसिया जाने कामदारहरुसँग एक लाख ३५ हजारदेखि एक लाख ५० हजार रुपैयाँ लिँदै आएको र १० हजार लिएको भर्पाइ दिने गरेको बताएकी थिइन् । रोक्का छ सय पाँचवटा पासपोर्ट र केही विदेशी मुद्रासहित पक्राउ परेका थिए ।

उनले अवैध रुपमा ३० डलर लिएर माइग्राम्सको काम पनि गर्दै आएका छन् । रोक्का र बस्न्यातले याक्खा ओभरसिज, मोर्गन ग्लोबल एच आर कन्स्ल्टटेन्सी प्रालि र गोर्खाज एसोसिएट्स प्रालिको तीनवटा म्यानपावर कम्पनी चलाउँदै आएका छन् । चेलीबेटी बेचबिखन गरेको अभियोगमा छ वर्ष जेल बसेर निस्केको रोक्कासँग कमल बस्न्यातले पिता दीप बस्नेत अख्तियारको आयुक्त भएपछि साझेदारी सुरु गरेका थिए । त्यसअघि उनी प्रज्जवल अधिकारी र मनोज सुवेदीसँग मिलेर प्रहरी प्रधान कार्यालयअगाडि रहेको नक्साल ब्यान्क्वेट चलाउने गर्दथे । अधिकारी र सुवेदी पूर्वअख्तियार प्रमुख दीप बस्नेतका छोरीज्वाइँ हुन् ।

दीप बस्नेत अख्तियारमा छिरेपछि उनका छोरा कमल बस्न्यातले चेलीबेटी बेचबिखनमा छ वर्ष जेल परेर निस्किएका याक्खा ओभरसिज सञ्चालन गरिरहेका रोक्कासँग साझेदारी सुरु गरेका थिए र अख्तियारको त्रास देखाएर म्यानपावर व्यवसायीहरुसँग रकम असुलीको सजिलो धन्दा सञ्चालन गरेका थिए ।
गत आमनिर्वाचनबाट पुरानो सत्ता विदा भएपछि आएको नयाँ सरकारले जनसरोकारको वैदेशिक रोजगारीमा भएको अनियमितता केलाउने क्रममा रोक्का पक्राउ परेका थिए । पक्राउ नपर्दै प्रहरीकै सुराकीमा याक्खाका अर्का सञ्चालक कमल बस्नेत भने फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...