३३ किलो सुन काण्डका नायक फरार एसएसपी खत्रीद्वारा अदालतमा यसरी गरे आत्मसर्मपण



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणमा फरार रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्री अदालतमा उपस्थित भएका छन्। उनी बिहिबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन्।
उनलाई मंगलबार मात्र इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

खत्री विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो।

उनका निर्देशनमा सुन तस्करी गरेको आरोपमा हवल्दार अमर बहादुर थापा मगर र जवान विष्णु खड्का पक्राउ परि छुटिसकेका छन्।

जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुर भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ।

तस्करीका  नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।

सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...