३३ किलो सुन काण्डका नायक फरार एसएसपी खत्रीद्वारा अदालतमा यसरी गरे आत्मसर्मपण



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणमा फरार रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्री अदालतमा उपस्थित भएका छन्। उनी बिहिबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन्।
उनलाई मंगलबार मात्र इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

खत्री विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो।

उनका निर्देशनमा सुन तस्करी गरेको आरोपमा हवल्दार अमर बहादुर थापा मगर र जवान विष्णु खड्का पक्राउ परि छुटिसकेका छन्।

जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुर भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ।

तस्करीका  नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।

सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...