प्रदीप ज्ञवालीलाई स्वास्थमा सारेर उपेन्द्र परराष्ट्र मन्त्री बन्दै,यी कुरा मिले आजै क्याबिनेट बिस्तार हुने



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको सरकारमा जानका लागि संघीय समाजवादी फोरमले परराष्ट्र मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ । संसदिय दलको उक्त निर्णयपछि फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । वालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसँग भेट गर्ने फोरमका एक केन्द्रीय नेताले जानकारी दिए । मागेको मन्त्रालय दिए आजै मन्त्रीपरिषद विस्तार हुने उनले बताए।

हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रदिप ज्ञवालीले सम्हालीरहेका छन् । ज्ञवालीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा सार्दै यादवलाई उक्त मन्त्रालय दिने बारेमा नेकपाभित्र समेत छलफल शुरु भएको छ।

पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको वैठकले परराष्ट्र मन्त्रालय फोरमलार्इ दिने यसअघि सहमति भएकाले त्यसैअनुसार आफू सरकारमा सहभागी हुने निर्णय गरिएको फोरमका ती नेताले बताए। उनले भने, ‘हामीलार्इ दिने भनिएको मन्त्रालय खाली गरिए हामी नाम पठाउनेछौं।’

अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जुटेपछि उनीहरुले परराष्ट्र मन्त्रालय पाउनुपर्ने अडान कायम राखेका हुन् । अर्को मन्त्रालयको रुपमा शहरी विकास पनि लिन सकिने निष्कर्षमा वैठक पुगेको छ।

फोरमका अर्का नेता तथा सांसद मोहमद इस्तियाक रार्इका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिइएको छ । यादवले आजै प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर सरकार विस्तारका विषयमा टुङ्गोमा पुर्याउने तयारी गरेका छन्।

यादवले सरकारमा जाने व्यक्तिहरुको बारेमा तीनवटा मोडल तयार गरेका छन् । सरकारमा जानका लागि यादवसहित राजेन्द्र श्रेष्ठ, रेणुदेवि यादव, मोहम्मद इस्तियाक रार्इ लगायतका नेताहरुको चर्चा पार्टीभित्र चलेको छ । तर नाममा समहति हुन नसकेपछि छान्ने अधिकार अध्यक्ष यादवलाई दिइएको छ।र यादवले राईलाई मन्त्री बनाउने छन्।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...