अन्डरलाइन हटाएर ब्राकेटमा खुम्चियो नेकपा,आजै नयाँ नाम आयोगमा बुझाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेकपाले आफ्नो नाममा भएको अण्डरलाइन हटाउँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाउन लागेको हो ।

नेकपाले आजै यो नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

निर्वाचन अयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्तामा रहेको भन्दै सच्याउन आग्रह गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको फोटोकपि, विधान लगायतका कागजात आयोगमा बुझाइसकेका छन् ।

दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा दर्ता भैसक्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...