देश विकास गर्ने जिम्मेवारी तीन पटक गृहमन्त्री बामदेव गौतमको काँधमा,ओली र प्रचण्डले दिए साँचो



हाम्रो इकोनोमि

सरकारले देशको विकास गर्ने जिम्मा वामदेव गौतमलाई दिने भएको छ । बर्दियाबाट नेपाली काँग्रेसका नेता सञ्जय गौतमसँग पराजित भएका गौतमलाई उनकै इच्छाअनुसार अधिकार सम्पन्न विकास प्राधिकरणको प्रमुख बनाउने तयारी गरिएको छ ।

उक्त प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहनेगरी आवश्यक तयारी गरिएको छ । उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई प्राधिकरणको प्रमुख बनाउने व्यवस्थासहित प्राधिकरण निर्माणको तयारी गरिएको छ ।

पटक–पटक उपप्रधानमन्त्री भइसकेका र निर्वाचनमा पराजित भएपछि संघीय संसद्मा समेत नरहेका गौतमलाई उक्त प्राधिकरणको जिम्मा दिने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड समेत सकारात्मक छन् ।

नेकपाका सचिवालय सदस्य रहेका गौतमले नेपालको विकास निर्माणका बारेमा केही समय पहिले पुस्तक समेत प्रकाशित गरीसकेका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत आफूलाई विकास निर्माणको काम गर्ने जिम्मा दिन आग्रह गर्दै आएका छन् ।

सरकारले गठन आदेशका आधारमा सो संस्था स्थापना गर्न लागेको छ । पुनः निर्माण प्राधिकरणले गर्दै आएको कामलाई समेत सोही प्राधिकरणले हेर्ने गरी तयारी गरिएको छ ।

विकास निर्माणका काममा भइरहेको ढिलाई तथा ठेकेदार परिचालनमा देखिएको समस्या समसया समेत समाधान गर्ने लक्ष्यका साथ उक्त प्राधिकरण स्थापना गर्न लागिएको हो ।

प्राधिकरणले राष्ट्रिय गौरवका तथा प्रमुख प्राथमिकता प्राप्त आयोजनालाई समयमै सम्पन्न गर्न सबै प्रकारको साधन र स्रोतको परिचालन गर्नेछ ।

कूल २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये ४ वटा आयोजनाको मात्रै प्रगति राम्रो रहेको छ । अन्य आयोजनाको प्रगति भने नकारात्मक रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हासिल गर्नका लागि अधिकार सम्पन्न प्राधिकरण गठनको तयारी गरिएको हो ।

प्राधिकरणलाई नै विकास निर्माणको थिंक ट्यांक समेत बनाउने सरकारको तयारी छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा निर्माण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...