टालटुले कुरा गरेर ओली सरकारले कर्मचारीलाई बिच्क्याएको भन्दै कर्मचारीका नेता यसरी पड्किए



हाम्रो इकोनोमि

बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालले उच्चस्तरीय तलब आयोग गठन गर्ने कुरा अल्मल्याउने तरिकामात्रै हो भन्दै कर्मचारीको हकमा बजेट अनुदार भएको गुनासो गरे । तै पनि केही नहुनुभन्दा एक हजार रुपैयाँ महंगी भत्ता वृद्धि हुनुलाई सकारात्मक रुपमै लिएको उनले बताए ।
ढकालले भने, ‘२०७३ सालमा केपी ओली प्रधानमन्त्री भएकै बेला तलब बढेको हो । २०७४ को सरकारले तलबभत्ता केही बढाएन । अहिले एक हजार भत्ता बढाइए पनि मूल्यवृद्धिसँग त्यसले सामना गर्न सक्दैन । पोशाक भत्ता २५ सय बढेको कुरालाई हामीले स्वागत नै गरेका छौं ।’

ऐनअनुसार प्रत्येक तीन वर्षमा तलब बढ्ने भनिए पनि दुई वर्षमा तलब बढाउने परम्परा रहेको ढकालले बताए । यसपटक तलब बढ्छ भन्ने कर्मचारीको अपेक्षा सरकारले सम्बोधन नगरेको उनले बताए ।

निजामती सेवा ऐनअनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन हुन्छ । मुख्य सचिवको संयोजकत्वमा रहेको समितिले ३ वर्षको भत्तामध्ये ७५ प्रतिशत तलबमा गाभेर २५ प्रतिशत भत्ता कायम गर्ने व्यवस्था ऐनमा छ ।

ऐनअनुसार २०७६ सालमा मात्र तलब पुनरावलोकन हुनेछ । त्यसैले कर्मचारीले तलब नबढेको गुनासो गरे पनि विरोध भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...