५ दिनका लागी चीन जाने यसरी जुर्यो ओलीको साइत,कांग्रेसले भनेको हावादारी बजेट माथी यसरी हुने भो छलफल



प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको साइत जुरेको छ । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो ।

पाँच दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेली असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा रहेकाे बताइएकाे छ । ओलीको भ्रमणको तयारी गर्न नेपालका लागि चिनियाँ राजदूत लिलामणी पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बतायो । ओली सर्वप्रथम चीनको सिचुवान पुग्ने कार्यतालिका छ ।

ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

यसअघि ओलीले सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो ।

प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका थिए । यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५–७६ को बजेटका विषयमा आजबाट छलफल सुरु हुँदैछ । सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो ।

त्यसका लागि अहिले बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक बस्दैछ । सरकारले ल्याएको बजेट संसदबाट पारित गर्ने संवैधानिक प्रावधानअनुसार छलफल सुरु गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा बिहीबार, शुक्रबार र आइतबार छलफल हुने छ भने अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार जवाफ दिने कार्यक्रम छ । राष्ट्रिय सभामा भने बजेटबारेको छलफल बिहीबार र शुक्रबार हुने बताइएको छ ।

प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै ‘हावादारी’ को आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो बजेटलाई हावादारी भन्नु नै सबैभन्दा हावादारी कुरा भएको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्