सोत्तर भए पछी कमल थापा फेरी जुर्मुराए,पार्टी एकता गर्न तीन सदस्यीय वार्ता टोली गठन



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा घटकबीच फेरि पार्टी एकता गर्न तीन सदस्य वार्ता समिति गठन गरेको छ।

बुधबार बसेको समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समुह र दलहरुसँग एकता र सहकार्यका छलफल गर्न उपाध्यक्षद्वय बुद्धिमान तामाङ्ग र टंक ढकाल तथा महामन्त्री राजेन्द्र लिङ्देनसहितको तीन सदस्य वार्ता टोली गठन गरेको हो।

२०७४ फागुनमा एकीकरण गरेका राप्रपा नेपाल र राप्रपा ६ महिना पनि नपुग्दै विभाजन भएका थिए। एकीकृत महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमल थापासँग असन्तुष्टि जनाउँदै पशुपति शमशेरले राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए।

त्यस्तै अर्का नेता प्रकाशचन्द लोहनीले पनि राप्रपा राष्ट्रवादी गठन गरेर थापासँग सम्बन्ध विच्छेद गरेका थिए। विभाजनकै कारण राप्रपा घटकहरुले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रोसँग पराजय भोगेका थिए।

राप्रपाले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटले विगतकै निरन्तरता र कर्मकाण्डी देखिन्छ भएको ठहर गरेको छ।

बजेटलाई सन्तुलित र सकारात्मक देखाउन खोजिए पनि जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसकेको राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए।

बजेटले कामकाजी, व्यवसायी, उद्योगी र आमजनतालाई ठोस राहत दिन नसकेको श्रेष्ठले दाबी गरे।त्यस्तै राप्रपा कार्य सम्पादन समितिले बालकृष्ण ढुंगेलको रिहाइप्रति आपत्ति जनाएको छ।

राप्रपाले सर्वोच्च अदालतको फौसलालाई समेत बेवास्ता गरेर कानुनी राज्यको उपहास गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...