प्रधानमन्त्री ओलीको हप्की-दप्की पछी यसकारण पो वृद्धभत्ता ५ हजार पुर्याउन नसकेको कारण खुलाए अर्थमन्त्रीले



हाम्रो इकोनोमि

चुनाबी घोषणापत्रमा बाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो । तर सरकाले सार्वजानिक गरेको बजेटले वृद्धभत्ता बढाएन ।
वृद्धभत्ता ५ हजार पुग्ने आशामा बाम गठबन्धनलाई भोट हाल्नेहरु बजेट देखेर निराश भए ।

बुधबार बजेटबारे प्रेसलाई ब्रिफिङ गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले किन वृद्ध भत्ता नबढाएको भन्ने कुरा प्रष्ट पार्न प्रयास गरे ।

‘चुनाबी घोषणापत्रमा वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने भनिएको छ, मलाई त्यो कुरा राम्रोसँग थाहा छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘किनभने बाम गठबन्धनको घोषणापत्र लेख्ने टिममा म पनि थिएँ ।’
बाम गठबन्धनले ५ वर्षमा वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको खतिवडाले बताए । तर, चुनाबका बेला एकै वर्षमा ५ हजार पुर्याउने भन्दै नेताहरुले प्रचार गरेका थिए ।

‘हामीले १ वर्षमा नभइ ५ वर्षमा वृद्धभत्ता ५ हजार पुर्याउने भनेका हौं, यो सरकारलाई ५ वर्षको म्याण्डेट छ, यो त पहिलो वर्ष हो,’ खतिवडाले सुनाए ।

बजेटले नगदमा बृद्धभत्ता नबढाएको देखिए पनि बीमा र आवास कार्यक्रम ल्याएकाले बृद्धबृद्धाको सामाजिक सुरक्षामा हुने खर्च उल्लेख्य मात्रामा बढाएको खतिवडाले दाबी गरे ।

‘हामीले गनद पैसा बाँड्ने भन्दा पनि वृद्धवृद्धाको सुरक्षा होस् भन्ने नीति लिएका छौं, ७० वर्षमाथिका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्थ बीमाको बीमाशुल्क सरकारले नै तिरिदिने व्यवस्था यसको एउटा उदाहारण हो,’ उनले भने, ‘यो कार्यक्रममा पनि एक वृद्धका लागि प्रतिमहिना सरकारले ५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।’

त्यस्तै, वृद्धवृद्धका लागि आवास कार्यक्रम सञ्चालन गरेको खतिवडाले सुनाए । अब सरकारले एकीकृत सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउने र वृद्धवृद्धालाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने उनको भनाइ थियो ।

‘अब कुनैपनि वृद्धवृद्धाले पैसा नभएका कारण उपचार गर्न पाइँन भन्ने अवस्था रहने छैन,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...