कांग्रेसले हावा भनेको बजेटलाई चार नम्बर प्रदेशका मुख्यमन्त्रीले भने-नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार



हाम्रो इकोनोमि

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले सार्वजनिक गरेको बजेटप्रति आक्रोश व्यक्त गरेका छन् ।

आर्थिक समृद्धिको मार्गमा जाने नारा लगाउने केन्द्रीय सरकारले सार्वजनिक गरेको बजेटले आर्थिक समृद्धि हासिल गर्न नसकिने उनको टिप्पणी छ । गुरुङले सरकारले सार्वजनिक गरेको बजेट एकात्मक सरकारले ल्याएको बजेट जस्तो भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

‘प्रदेश सरकारलाई १० देखि १२ प्रतिशत बजेट दिएर कस्तो विकास गर्न खोजिएको हो ?’ भन्दै उनले केन्द्र सरकारसँग प्रश्न समेत गरेका छन् । संघीय संरचनाका संघीय सरकारलाई अधिकार दिएको छ भन्ने तर स्रोत र साधन केन्द्रमै राख्न प्रोत्साहित गर्ने केन्द्र सरकारको परिपाटीले आर्थिक समृद्धि हासिल नहुने उनको टिप्पणी छ ।

प्रदेश नम्बर ५ लाई अन्य प्रदेशको तुलनामा थोरै रकम विनियोजन गरेकोमा आक्रोसित देखिएका गुरुङले भने ‘यो बजेट त हाम्रा लागि नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार जस्तै भयो ।’

सरकारले प्रदेश नम्बर ४ का लागि १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । गुरुङले मुलुकलाई आर्थिक तथा समाजिक समृद्धिको मार्गमा डोर्याउन प्रदेश सरकार निर्माण गरिएको स्मरण गर्दै भने ‘केन्द्रीकृत सत्ता प्रणालीबाट समग्र देशको विकास नहुन भन्दै प्रदेश संरचना निर्माण गरिएको हो, तर बजेट जस्तो महत्वपूर्ण कुरामा प्रदेशलाई वेवास्ता गरिएको छ ।’

सरकारले प्रदेश नं १ का लागि सबैभन्दा बढी अर्थात १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ विनियोजन गरको छ । प्रदेश नं २ का लागि १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर ३ का लागि १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरि प्रदेश नं ४ का लागि १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश नं ५ का लागि १६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नं ६ अर्थात कर्णालाी प्रदेशका लागि १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरको छ । प्रदेश नं ७ का लागि भने सरकारले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

केन्द्र सरकारको बजेट विनियोजनले प्रदेश सरकार उत्साहित नभएको गुरुङको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...