ओली सरकारको बजेटले सुन तस्करी बढ्ने यसरी खुल्यो यस्तो तथ्य,यसरी बढ्ने भयो अब सुन तस्करी



हाम्रो इकोनोमि

सरकारले बजेटमार्फत एक सय ग्राम काँचो सुन महसुल तिरेर ल्याउन सकिने व्यवस्था गरे पनि आर्थिक ऐनमा सुन मात्रै उल्लेख हुदाँ उपयोगमा रहेका गहनामा पनि भन्सार लाग्‍न सक्ने भएको छ।

बिगतमा ५० ग्राम सम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था थियो। काँचो सुन भने पूर्ण प्रतिबन्ध थियो।

मंगलबार देखिलागू भएको नयाँ व्यवस्था अनुसार भन्सार कार्यालयले विदेशबाट फर्किने नेपालिले नेपालमै खरिद गरेको सुनमा पनि भन्सार लिन सक्ने छ।

बजेटले एक सय ग्रामसम्म काँचो सुन ल्याउन सकिने व्यवस्था गरेपनि आर्थिक ऐनमा सुन मात्र उल्लेख हुदाँ सुनका गहनामा पनि कर लाग्‍ने भएको हो।

आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार लिने व्यवस्था गरेको छ।

यो व्यवस्था अनुसार विदेश जादाँ लगाएको १० ग्रामको सुनको सिक्री लगाएरै नेपाल फर्किदाँ भन्सार कार्यालयले ५ हजार दुई सय रुपैयाँ कर लगाउन सक्ने छ।

नेपालबाट विदेश जानेहरुले भन्सार कार्यालयमा आफूले विदेश जादाँ लगाएको सुन नखुलाई गए फर्किदाँ सो सुनमा कर लाग्‍ने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख श्याम भण्डारीले काँचो सुन वा सुनका गहनामा आर्थिक ऐनको प्रावधान अनुसार कर लाग्ने जानकारी दिए।

उनले भने, ‘विगतमा सुन र सुनमा गहना भनेर फरक छुट्टयाईएको थियो तर अहिले ऐनले सुन मात्र भनेकाले नेपालीले ल्याउने काँचो सुन वा गहनामा कानून अनुसार कर लाग्ने छ।’

‘भन्सार अधिकृतलाई कसैले लगाएको सुन नेपालमा किनेको हो भन्‍ने थाहा हुँदैन’ भण्डारीले भने, ‘ नेपालीले देश बाहिर जादाँ हाम्रो प्रणालीमा घोषणा गरे बाहेकको विदेशबाट ल्याउने काँचो सुन वा सुनको गहना नियमानुसार कर लाग्‍ने छ।’

सुनको तस्करी बढ्ने


सरकारले विगतमा काँचो सुनमा पुर्ण प्रतिबन्ध लगाउँदै सुन ल्याउनेलाई प्रक्राउ गर्दै कारवाही गर्ने गरेको थियो। सुन ल्याउनेको सुन जफत गर्दै बिगो बराबरको जरीमाना गर्दै कैद सजाए सम्म गर्ने गरेको थियो।

तर आर्थिक ऐन २०७५ मा एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ भनेर उल्लेख गरिएको छ।

नयाँ ऐनमा एक सय ग्राम भन्दा बढी सुन ल्याउनेलाई गर्ने कारवाहीको स्पष्ट व्यवस्था नहुदाँ सुन तस्करले विदेशबाट फर्किने नेपालीलाई तस्करीमा प्रयोग गर्ने सम्भावना रहेको भन्सार विभागमा उच्च अधिकारी बताउँछन्।

विगतमा विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका एक अधिकारीले भने, ‘पुरानो ऐनमा सुन जफत हुने, बिगो बराबरको जरिमाना तिराउने र कैद सजाय गर्ने व्यवस्था हुदाँ पनि तस्करीमा संलग्न विदेशबाट फर्किने ठूलो समूह प्रक्राउ पर्दथ्यो। अब बढी भएको परिमाण जति जफत गर्ने प्रावधानले तस्करी बढाउने छ।’ यो प्रावधानलाई स्पष्ट पार्न जरुरी रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...